चुनावी अभियानमा नेपाली काँग्रेसका स्टार प्रचारक भनेर चिनिने सांसद गगन थापा प्रदेश नं २ काे अाैपचारिक प्रचारमा जुटेका छन् । अाफ्नाे सामाजिक सन्जालमा जानकारी  दिँदै थापाले विजयकाे उत्साह र  विश्वासका साथ प्रचारमा संलग्न भएकाे बताएका छन् । धनुषाकाे अाैरही गाउँपालिकामा चुनाव प्रचारमा संलग्न भएकाे फाेटाेसहित सामाजिक सन्जालमा थापाले प्रदेश नं. २ काे अाैपचारिक प्रचारमा संलग्न भनेर केही दिन प्रदेश २ मा रहने जानकारी दिएका छन् । प्रदेश नं २ मा काँग्रेस पहिलाे पार्टी बन्ने तयारीमा लागेकाे छ । मधेशवादी दलहरूसहित मुख्य पार्टीहरू प्रदेश २ मा अाफ्नाे वर्चश्व राख्न यतिखेर चुनावमा संलग्न छन् ।

(फाेटाे:- गगन थापा फेशबुक पेज)