विश्वभर बालबालिकाकाे उन्नतीकाे धेरै प्रशंग उठिरहेका हुन्छन् । विकशित देशमा पहिलाे प्राथमिकता बालबालिकालाइ दिइन्छ । विकासन्मुख देशहरूमा पनि बालबालिकाका प्रतिकाे धारणा फराकिलाे भैरहेकाे छ । तर अान्तरिक द्वन्द्व र गैरकानुनी अाप्रवासी बस्तिमा भने बालबालिकाकाे अबस्था दर्दनाक अबस्थामा छ ।

यी दिनहरूमा म्यानमारमा राेहिँग्या समुदायकाे ठूलाे समस्या देखिएकाे छ । नेपालमा समेत म्यानमारदेखि राेहिँग्या मुसलमानहरू शरणार्थीकाे रूपमा अाइपुगेका छन् । म्यानमारमा नै अत्यन्त कष्टकर जीवन बाँचिरहेका राेहिँग्याहरू खेतीपातीकाे काम गरेर खाने कमजाेर अार्थिक हैसियत भएका समुदाय हाे । जाे अाफै म्यानमारकाे रैथानेहरू हैन । बसाेबासकाे खाेजीमा बंगलादेश र भारतबाट पुगेका अाप्रवासी नै हुन् । राेहिँग्याहरू यतिखेर ठूलाे समस्यामा छन् । उनीहरूका समस्यालाइ याे बेला विश्वकाे सबैभन्दा क्रुर एवम् बर्बर बताइन थालेकाे छ । शान्तिका लागि नाेबल पुरस्कार पाएकाे अाङसान सुकीकाे देशमा भएकाे याे निहत्था र कमजाेरप्रति बर्बरताबिरूद्ध विश्व नै राेएकाे छ । संयुक्त राष्ट्र संघले पनि याे बारेमा अापत्ति जनाएकाे छ ।

राेहिँग्या बालबालिका यतिखेर चरम अापतमा छन् । यिनीहरूकाे पढाइ लेखाइ   त कता हाे कता खानपानकाे समस्या यतिखेर जल्दाेबल्दाे समस्या भएकाे । कुपषाेण  पिडित भएकाे छन् । म्यानमारकाे सैनिकहरूले बालबालिकाकाे पनि हत्या गरिरहेकाे छ । म्यानमारमा राेहिँग्या समुदायका याे अापदमा बालबालिकाका रून मन लाग्ने फाेटाेहरू सार्वजिनक भैरहेका छन् । काठमाडाैँ खबर डटकममा दुखी राेहिँग्याका झन् दुखी बालबालिकाहरूका यी बिभिन्न अन्तराष्ट्रिय संचार माध्यमका तस्वीरहरू :-