बीबीसी। इसापूर्व ६८७ को आसपास जब यहुदीहरुले पैगम्बर इसायाले आफ्नो किताब लेख्न सुरु गरे होलान् तब शायद उनलाई अन्दाजा पनि थिएन होला की २८ औं शताब्दीपछि उनी सामाजिक संजालमा छेडिएको वहशको केन्द्रमा हुन्छ।

यतिबेला ब्राजिलको सामाजिक संजालमा भाइरल भएका पोस्टका अनुसार पैगम्बरले इसा पूर्व ७ औं शताब्दीमा इरजाइलसँग जोडिएको एक महत्पूर्ण भविष्यवाणी गरेका थिए। जसमा भनिएको थियो,सीरिया गृहयुद्धको चपेटामा आउँछ।’ अझ स्पष्ट शब्दमा भन्ने हो भने पैगम्बर इसायाले आफ्नो भविष्यवाणीमा दमास्कस सहर सखाव हुने उल्लेख गरेका थिए।

बाइबलको ओल्ड टेस्टामेन्टको इसायामा दिएको १७ औं अध्यायको पहिलो छन्दमा पैगम्बरले लेखेका छन्, ‘दमास्कस शहर तब शहर रहँदैन, दमास्कस भग्नावशेषमा परिणत हुन्छ।’

सामाजिक संजालमा शेयर गरिएका पोस्टमा येरमियालाई पनि उल्लेख गरिएको छ। जसका अनुसार ‘दमास्कस शक्तिहीन हुन्छ र बाँच्ने कोसिस गर्छ, दमास्कस डराएको छ। उ यस्तो दुखमा छ जस्तो पीडित महिलाले बच्चालाई जन्म दिँदैछिन्।’

के वास्तवमा यस्तो हुन सक्छ की हजारौं वर्ष पहिला गरिएको इसाया र योरमियाको भविष्यवाणी सत्य सावित भएको हो? या फेरि मानिसहरुलाई यस पवित्र ग्रन्थका विषयमा जानकारी छैन? ती मानिसहरु धम्रका नाममा भइरहेको हिंसालाई सही ठहर्याउन धम्र ग्रन्थलाई प्रयोग गरिरहेका छन्?

रियो दि जेनेरियोका पान्टिफिशियल क्याथोलिक युनिवर्सिटीमा धर्मशास्त्रका प्रोफेसर फ्रेर इजिडोरो मानोरोलो भन्छन्, ‘सीरियामा जुन युद्धको स्थिति छ, त्यो पैगम्बर इसायाको भविष्यवाणीका कारण भएको हो र यो नरसंहारका पछि त्यही कारण हो भने यसको अर्थ यसलाई परिवर्तन गर्न सकिँदैन किन भने यो इश्वरको इच्छा हो।’

साओ पालोका एन्जेलिकन डायोसिसको होली ट्रिनिटी क्याथोलिक चर्चका पादरी आर्थर नारमिमेन्टो भन्छन्, ‘ हामी आफ्नो जिम्मेवारी इश्वरको काँधमा छोड्न सक्दैनौं। यो हाम्रो अन्तर्राष्ट्रिय समुदायको काम हो।

किनभने हामीले सीरियामा जारी गृहयुद्ध अन्त्य गर्न कुनै न कुनै बाटो निकाल्नु पर्छ।’ उनले भने, ‘पवित्र धर्मग्रन्थमा लेखिएका विषयको अर्थलाई सावधानीपूर्वक बुझ्नुपर्छ। इतिहासलाई आधार बनाएर बाइबल लेखिएको थियो। बाइबलमा लेखिएका शब्दलाई त्यसको अर्थभन्दा अगल गरेर हेदा निकै खतरनाक हुनसकछ।’
पैगम्बरको भूमिका

लोकप्रिय आधारका विपरित पैगम्बर त्यस्तो हुन सक्दैन जो भविष्यवाणी गर्छ या यो भविष्य देख्नसक्छ। पैगम्बर त्यो हुन्छ जसले वर्तमान अवस्थालाई चुनौती दिन्छ।

त्यो बेला इसायाले कयौं चिजको निन्दा गरेका थिए। जस्तै राजनीतिक, भ्रष्टाचार, सामाजिक आर्थिक असमानता, कामदारमाथिको शोषण। इतिहासकार भन्छन्, ‘इसायाले दमास्कसको बिनासको उल्लेख थिए, त्यो इसापूर्व ७३२ मा घटेको घटनामा आधारित थियो।’
हजारौं वर्ष पहिला त्यो समय इजराइ देश (इफ्राइम) र अरम देश (दमास्कस) असीरियाका विरुद्धको लडाइँमा एकसाथ थिए।

अध्याय १७ मा उल्लेख भए अनुसार २१ औं शताब्दीमा सीरियाको विनासका बारेमा उल्लेख गरिएको छैन। बरु पैगम्बर इसायाले यो गठबन्धनको हारका बारेमा भनेका थिए र दमास्कसको विनासका बारेमा चिन्ता व्यक्त गरेका थिए। दश वर्षपछि असीरियाका सेनाले इजराइलको राजधानी रमारिया (यो प्राचीन शहर इसा पूर्व ८ औं–९ औं मा इजराइलको राजधानी थियो) माथि कब्जा गरेको थियो।

ब्राजीलका इवैन्जेलिकल लुथेरन चर्चका अध्यक्ष पादरी एगोन कोपोरेक भन्छन्, ‘ इसायाको भविष्यवाणीलाई आज सीरियामा भएको घटनालाई जोडेर हेर्नु धर्मको फाइदा उठाउनु जस्तै हो। यस्तो व्याख्या त्यस्ता कट्टरपन्थीले गर्छन, जसले इसाइ धर्मालम्बीमा डर पैदा गर्न चाहन्छन्।’
नरसंहारका बारेमा हल्ला


बाइबलमा गरिएका भविष्यवाणीलाई सैन्य झडपसँग जोडेर हेर्ने चलन छैन। बेला बेलामा कुनै न कुनै अफवाह सार्वजनिक हुने गरेका छन्। नरसंहारको घटनालाई बाइबलमा गरिएको भविष्यवाणीलाई पूरा भएको घटनासँग जोडिने गरिएको छ। इसायाको भविष्यवाणीको अंग्रेजी संस्करण जो अहिले ब्राजीलमा चर्चाको विषय भएको छ। यसअघि २०१३ मा युरोपमा पनि चर्चामा आएको थियो।