अमेरिका । संयुक्त राज्य अमेरिकामा नेपाली मूलका खेलाडीहरुले ५० पदक पाएका छन् । अमेरिकामा बस्दै आएका नेपाली मूलका खेलाडीहरुले १० स्वर्णसहित ५० पदक हात पारेका हुन् ।

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको रेस्टन शहरमा गत मार्च २४ तारिखका दिन सम्पन्न वार्षिक राष्ट्रिय तेक्वान्दो खुला प्रतियोगितामा नेपाली मूलका ३५ खेलाडीले सहभागिता जनाएका थिए ।

आयोजकले दिएको जानकारी अनुसार, नेपाली मूलका खेलाडीहरुले १० स्वर्ण, ९ रजत तथा १९ वटा कास्य पदक प्राप्त गरेका छन् ।