काठमाडौं । ल्याकिभियामा जारी अन्तराष्ट्रिय मार्सल आर्टसको महोत्सवमा नेपाली खेलाडीहरुले महत्वपूर्ण सफलता हात पारेका छन नेपालको तर्फबाट २ जना खेलाडीले उक्त महोत्सवमा सहभागीता जनाएका छन । नेपालको तर्फबाट सहभागी सुर्य बुढाथोकी तथा विनिता फुयालले दुवै जनाले नेपाललाई पदक दिलाउन सफल भएका छन ।

सुर्य बुढाथोकीेले ७० –८० के.जी तौल फुल कन्ट्याक तर्फ तेस्रो स्थान हात पारेका थिए भने ७० के।जी भन्दा माथीको तौल समुहमा फुलकन्ट्याक कोशी कराँते सेफ्टी तर्फ दोस्रो स्थान हात पारेका थिए । उनी फाइनलमा रसियन खेलाडी संग पराजित भएका हुन ।
विनिता फुयालले फुलकन्याक्ट महिला खुल्ला तर्फ दोस्रो स्थानमा ल्याउन सफल भएकि छन, भने कोशी कराँते सेफ्टी तर्फ तेस्रो स्थान प्राप्त गरेकी थिइन । फुयाल पनि रसियन खेलाडी संग पराजित भएकी हुन ।

प्रतियोगीतामा नेपाल सहित रसिया, इटाली डेनमार्क, रोमानिया, वेलारुस लुथिनिया, स्टोनिया सहित युरोप र रसियन मुलकका ३२ भन्दा बढि राष्ट्रका करिब ८०० खेलाडीहरुले उक्त महोत्सवमा सहभागीता जनाएका थिए । नेपालको तर्पmबाट सिनक्याकोसिनका ब्रान्च चिफ समेत रहेका अन्तराष्ट्रिय पदक विजेता खेलाडी सुर्य बुढाथोकीको र विनिया फुयालले उक्त महोत्सवमा सहभागी रहेका थिए ।