Breaking news

#ट्याग:

काठमाडौं क्षेत्र नम्बर ४ मा स्वच्छ खानेपानी र राम्रो बाटो अभियान- राजन भट्टराइ

२०७५ वैशाख १५ शनिबार

एमाले नेता डा राजन भट्टराइले काठमाडाै क्षेत्र नं ४ मा स्वच्छ खानेपानी र राम्राे बाटाेकाे अभियानमा अाफू निरन्तर लागेकाे बताएका छन् । वुढानिलकण्ठ नगरपालिका वडा नं ११ काे एक खानेपानी संस्थाकाे साधारणासभामा बाेल्दै डा भट्टराइले ६ महिना अघिकाे चुनावी मुद्धालाइ स्मरण गरेका छन् । उनले त्यसको लागि आफूले हरेक दिन सम्बन्धित पक्षलाई घचघच्याउने काम जारी राखेको बताए । विकासका लागि आफुले कसैलाई गालीगलौज भन्दापनि आवश्यक सहयोग लिदैंदिँदै अघि बढेको बताए । नगरपालिकाकाे कपन क्षेत्रमा साविक यज्ञमती खाेलाअन्तर्गत साततलेदेखि आनी गुम्बासम्मको सडकमा ढल थप्ने काम चाँडै शुरू हुने बताउँदै भट्टराइले धोवीखोलाको दायाँ बायाँ सडकमा ग्राबेल हालेर भएपनि मोटरसाइकल चलाउन मिल्लने बनाउने बताए ।

वडा नं ११ मा रहेकाे राममन्दिर खानेपानी संस्थाको ५ औ साधारण सभामा प्रमुख अतिथि भएर अाएका भट्टराइलाइ वर्तमान सरकारकाे थिंक ट्यांकका रूपमा लिइन्छ । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १०,११ र १२ का करिब २ सय ७५ परिवारलाई खानेपानी सुविधा पुर्याउँदै अाएकाे राममन्दिर खानेपानी संस्थाकाे याेगदानलाइ डा भट्टराइले धन्यवाद दिए ।

साधारणसभा कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष राजु अधिकारिलेवडाको खानेपानी समस्या समाधानकालागि केहि हदसम्म राम मन्दिर खानेपानी समस्थाले सहयोग ररेकोमा खुसि व्यक्त गर्दै पानीको चुनौतीसँग जुध्न शिवपुरीबाट अाएकाे खानेपानीको उत्पादनन क्षमता ब्रिधि गर्न र थप मुहानहरुको पहिचान गर्ने तर्फ साेच विकास भएकाे बताएका थिए ।

त्यसैगरी १० का वडा अध्यक्ष नवराज भट्टराईले भने नगरको ठुलो समस्या खानेपानी भएकाेले आहिलेलाई तत्कालिन समस्या समाधान गर्नको लागि संचालनमा रहेका भूमिगत पानीका मुहानहरुलाई थप उत्पादन वृद्धिगर्न नगरले सकेको बजेट उपलब्ध गराएको बताए । उनले आफ्नो वडामा पानीको समस्या समाधान गर्न आकाशे पनि सङ्कलन गर्ने तर्फा अध्यन भैरहेको पनि बताए । राम मन्दिर खानेपानी संस्थाले प्रति घण्टा १० हजार लिटर पानी उपभोक्तालाइ वितरण गर्दै आएको छ ।



लोकप्रिय समाचार