परपुरुष सम्बन्धको आरोप लगाउँदै विवाद बढेपछि अाइतबारराती राजधानीकाे कपनमा एक महिलाको हत्या भएको छ। खोटाङ घर भई कपनमा बस्दै आएका ४० वर्षीय सुवास राईले राती ११ बजे श्रीमती ३५ वर्षीय प्रमिला राईलाई अन्धाधुन्ध चक्कु प्रहार गरेका गरेपछि प्रमिलाकाे मृत्यू भएकाे हाे ।

उपचारका लागि हेल्पिङ ह्यान्डमा लैजाँदै गर्दा प्रमिलाको बाटोमै मृत्यु भएको काठमाडौँ प्रहरीले बतायाे । घटनापछि फरार भएका सुवास लाई राती नै स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई हाल बौद्ध प्रहरी वृतमा राखिएको छ। प्रारम्भिक अनुसन्धानमा सुवासले प्रमिलामाथी दिनहुँ परपुरुष सम्बन्धको आशंका गर्दै विवाद गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ । उनिहरुको ६ वर्षीय छोरा छन्।