काठमांडूमा जारी द्वन्द पीड़ितहरुको भेला

सत्य निरूपण र बेपत्ता आयोगको म्याद यही माघ २७ गते सकिदै गरेकोलगायत वर्तमान परिस्थितिको समिक्षा गर्न द्वन्द्व पीडितहरूको राष्ट्रिय भेला काठमाडौंमा शुरू भएको छ । उक्त भेलामा देशभरीबाट पीड़ितका रायहरू संकलन गरिने एवम् पीडितहरूको तर्फबाट सरकारलाई सुझाव दिईने मानवाधिकार एवम द्वन्द्वपीड़ित अभियान्ता फड़ीन्द्र लुइटेलले जानकारी दिए ।

उनले सत्य, न्याय,परिपुरण, राहत र क्षतिपूर्ति पीडितहरूको वटमलाइन भएको बताएका छन् । सर्बोच्च अदालतको आदेश र अन्तर्राष्ट्रिय मापदण्डका आधारमा नयाँ कानुन ल्याइनु पर्ने र त्यसकै आधारमा आयोगहरूको पुर्नगठन र निरन्तरता हुनुपर्ने भन्दै  उनले सरकारलाइ गंभीर हुन चेतावनीसमेत दिए ।