आशिष गुरागाईको ब्लग

सरकारी तथ्यांकअनुसार नेपालमा इन्टरनेट सेवाको पहुँच ५० प्रतिशतभन्दा बढी जनसंख्या माझ पुगेको छ । तथ्यांकले यस्तो देखाए पनि तथ्यांकमा प्रशस्तै दोहोरोपन भने छ ।जस्तै एनसेल र एनटीसीका दुबै सेवा एकै व्यक्तिले लिए पनि त्यसलाई दुई जना मानेर गणना हुँदा एकीन तथ्यांक प्राप्त हुने अवस्था छैन ।

नेपालमा डट एनपी डोमेन उपलब्ध गराउने एउटा मात्र संस्था छ त्यो हो मर्कनटायल कम्युनिकेशन प्रालि, नेपालको पहिलो इन्टरने सेवा प्रदायक पनि मर्कनटायल नै हो।

हाल नेपालमा १००० देखि १५०० सम्म पर्ने .com डोमेंन्ट २०५२ साल भाद्र भन्दा पहिला निशुल्क दर्ता गर्न पाहिन्थ्यो ।

जनवरी २०१८ सम्ममा ३ अर्ब १८ करोड २५ लाख ६४ हजार ४ सय ५० यन्त्रहरू इन्टरनेटमा जडान भएका छन्। कुल यन्त्र जडानमा चीन सबैभन्दा माथि रहेको छ ।

तपाईलाई थाहा छ? इमेल WWW भन्दा पुरानो हो ।

कुल जनसंख्याको हिसाव हेर्ने हो भने स्विडेनका नागरिकहरु सबैभन्दा धेरै इन्टरनेटको पहुँच पुगेको बताइन्छ। त्यहाँका ७५ प्रतिशत नागरिकहरु इन्टरनेटको पहुँचमा छन् । स्विडेनमा ११ वटा इन्टरनेट सेवा दिने कम्पनि,८ टेलिफोन कम्पनि र २ वटा भीओआईपी कम्पनिहरु रहेका छन ।

हरेक महिनामा १० लाख नयाँ डोमेनहरू दर्ता गरिन्छन् भने सन् २०१८ को तथ्यांकअनुसार इन्टरनेटमा लगभग १ अरब ३० लाख वेबसाइटहरू छन्।

आज तपाई कुन ब्राउजर प्रयोग गर्नुहुन्? गुगल क्रोम, सफारी, यूसी ब्राउजर। तर सन् १९८६ मा इन्टरनेटको पहिलो र प्रसिद्ध ब्राउजर ‘मोज़ेक’ ब्राउज़र थियो।

इन्टरनेटमा दर्ता हुने पहिलो डोमेन नाम ‘www.symbolics.com’ हो । यो २०४५ साल चैत्र२ गते  सूचित गरिएको थियो।

‘www.web.archive.org’ एक यस्तो वेबसाइट हो जहाँ तपाईं कुनै पनि वेबसाइटको यूआरएल राखेर हेर्नुभयो भने वेबसाइट विगतमा कस्तो थियो भनेर हेर्न सकिन्छ छ। उदाहरणको लागि, काठमाडौँखबर विगतमा कस्तो थियो यहाँ क्लिक गरेर हेर्न सकिन्छ ।

ब्रजिलमा ‘एक्कोशिया’ नामको एक सर्चइन्जिन छ यसको कुल आय को ८०% रकम वृक्षारोपण कार्यमा खर्च गर्दछ ।

आज भन्दा २६ वर्ष पहिला २०४९ (१९९३) ताका, इन्टरनेटमा १ सय ३० पृष्ठहरू मात्र थिए । त्यति बेला गुगल पनि थिएन भने आईएसपी मार्फत पैसा तिरेर इमेल खाता खोल्ने गरिन्थ्यो । आईएसपी(ISP )को मतलब,इन्टरनेट सेवा प्रदायक हो ।

डोमेन नामको लागि सबैभन्दा लामो कानूनी लडाई PETA.org को लागि भएको थियो । पिपल फर द एथिकल ट्रीटमेन्ट अफ एनिमल्स (People for the Ethical Treatment of Animals) र ‘People Eating Tasty Animals’ (पिपल इटिंग टेस्टि एनिमल्स) बीच २०५१ साल देखि २०६३ साल सम्म यो लडाई चलेको थियो । अन्त्यमा पिपल फर द एथिकल ट्रीटमेन्ट अफ एनिमल्सले कानूनी लडाई जितेको थियो ।

हाल नेपालमा पनि इन्टरने माध्यमबाट विज्ञापन गर्ने चलन चलेको छ । Hotwired, अहिले Wired.com को रूपमा चिनिन्छ, इन्टरनेटमा ब्यानर विज्ञापनको परिचय गराउने पहिलो वेबसाइट हो।

हरेक दिन पठाइएको सबै ईमेलको लगभग 80% इ-मेल स्पैम हुने गर्दछ ।

‘@’ साइनको प्रयोग धेरै पहिला यूरोपमा वजन मापन इकाईको रूपमा थियो, जसलाई Arroba ‘अरोबा’ भनिन्छ। जसको वजन (11.34 किलोग्राम) थियो।

इन्टरनेटमा खरिद बिक्रि भएको पहिलो वस्तु गाँजाको झोला थियो ।

The Pirate Bay भन्ने अनलाइले एक टापु किन्ने कोसिस गरेको थियो जसको उद्धेश्य थियो, त्यसलाई यस्तो देश बनाउने जहाँ, कुनै पनि कपीराइट कानून हुनेछैन।

हरेक दिन ३० हजार भन्दा धेरै वेबसाइटहरू ह्याक हुने गरेका छन् ।

४ कार्तिक २०६३ साल विहिवार को दिन अमेरिकाको व्हाइट हाउसको पहिलो वेबसाइट सार्वजनिक गरिएको थियो। संयोग कस्तो भयो भने त्यो एक पोन वेबसाइटसँग लिक भएको थियो ।

इथैन ज़करमैन ले इन्टरनेटमा पहिलो पटक पप अप एड निर्माण गरेका थिए ।


माथिको फोटो इन्टरनेटमा ‘सफल बच्चा’ को नाम हो, यो बचाले यति धेरै पैसा कमाएकी यहीँ फोटो मार्फत कमाएको पैसाले आफ्नो बाबुको किड्नी  ट्रासप्लान्ट भएको थियो ।

नर्वेको जेलमा सबै कैदीहरूलाई इन्टरनेट चलाउनका लागि तिनीहरूको सम्बन्धित कक्षहरूमा अनुमति दिइएको छ।

दक्षिण कोरियामा एक कानून यस्तो छ जस अन्तर्गत १६ वर्ष कम उमेरका बालबालिकाले बिहान १२ बजे देखि ६ बजेसम्म अनलाइन गेमखेल्ल्न पाहिन् त्यस कानुनलाई ‘Shutdown Law’ भनिन्छ ।

इन्टरनेटको आविष्कार कसले गरेका हुन् ?

विश्वोमा इन्टरनेटको सुरुवात २०२६ साल कार्तिक १३ गते बुधबार रातको १० बजे क्यालिफोर्निया विश्वविद्यालयको एक कार्यक्रममा Charley Kline ले ३ सय ५० किलोमिटर टाढा मेलो पार्क क्यालीफोर्नियामा दुई शब्द “i” र ”o” पठाएका थिए । त्यस पछी पुरै सिस्टम बन्द भयो तर पनि इन्टरनेट भने त्यसै दिन देखि सुरुवात भयो र यसको नाम ‘ARPANet’ राखियो ।

त्यसपछि २०४९ साल पौस १७ गते शनिवार Vint Kerf’‘Robert E. Kahn मिलेर TCP/IP protocols
को आविष्कारक गरेका थिए त्यस पछी ‘ARPANet’ लाइ TCP/IP मा माइग्रेट गरियो । आज भोलि इन्टरनेट त्यसै बाट चलेको छ । इन्टरनेटको जन्मदाता Vint र Robert भनेर चिनिन्छ ।

WWW आविष्कार कसले गरेका हुन् ?

WWW को पूरा नाम ‘वर्ल्ड वाइड वेब’ हो। केही व्यक्ति इन्टरनेटको रूपमा WWW बुझ्छन्, तर त्यस्तो होइन ‘वर्ल्ड वाइड वेब’ र इन्टरनेट फरक फरक चिज हुन् । WWW इन्टरनेट भित्रका पृष्ठ हुन्। सामान्य शब्दमा भन्दा www बिना पनि इन्टरनेट चल्न सक्छ भने इन्टरनेट बिना wwww चल्न सक्दैन ।

WWW को आविष्कार ‘Tim Berners-Lee’ र ‘Robert Cailliau’ ले २०४५ सालमा गरेका थिए । यसको सार्वजनिक भने २०४७ साल श्रावण २१ गते मंगलबार बाट भएको थियो ।