नेपालमा पहिलोपटक बर्डफ्लुबाट एकजनाको मृत्यु भएको छ । २१ वर्षका एक युवाको बर्डफ्लु भाइरसका कारण मृत्यु भएको पुष्टि स्वास्थ्य मन्त्रालयले गरेको छ । मन्त्रालयले मृतककाे नाम भने गाेप्य राखिएकाे छ  । ती युवा  चैत १० गते रुघाखोकी र ज्वरो आएर अस्पताल भर्ना भएका थिए । भोलिपल्ट चिकित्सकले घाँटीको र्‍याल परीक्षणका लागि टेकुस्थित प्रयोगशालामा पठाएको थियो ।

चैत १५ गते उपचारकै क्रममा युवकको मृत्यु भएपछि उक्त स्याम्पल पुनः परीक्षणका लागि जापान पठाइएको र भाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।मृतकमा भाइरस भेटिएपछि  मृतकको परिवारका सबै सदस्यको नमुना परीक्षणका लागि  जापान पठाइएको छ ।