भारतमा लामाे समय मुख्यमन्त्री चलाउने रेकर्ड राखेकाे पवनकुमार चाम्लिङको सरकारले हिमाली राज्य सिक्किममा हार व्यहोरेको छ । चामलिङकाेको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्टले यस पटकको विधान सभा चुनावमा हार व्यहोरेको छ ।

मतगणना अनुसार उनको पार्टीलाई चुनौती दिएको पहिलाका आफ्नै सहकर्मी पिएस गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चाले १८ सिटमा विजय हासिल गरेको छ।

३२ विधान सभा सिट रहेको सिक्किममा मोर्चाले सरकार बनाउन स्पस्ट बहुमत प्राप्त गरेको छ। सरकार बनाउन आफ्नो पार्टीलाई बहुमत प्राप्त भएपछि सिक्किम क्रान्तिकारी मोर्चाका कार्यवाहक अध्यक्ष कुंगा निमा लेप्चाले बिहीबार राति पत्रकारहरुसँग भने, ‘हामी अत्यन्तै उत्साहित भएका छौँ। सिक्किममा परिवर्तन चाहने पक्षधरहरु सबैको विजय हो।’

बिहीबार राति चुनावको नतिजा आएसँगै त्यहाँका नेपालीभाषी सर्वसाधारण सडकमा निस्केर पटका पडकाउन थालेका छन् । संसदीय दलको नेता छानेर राज्यपालकहाँ पुगेपछि नयाँ सरकार बनाउने प्रक्रिया शुरु हुने बताइएको छ।