काठमाडौँखबर , सिन्धुपाल्चोक :  केन्द्रीय राजधानी बाट ५७ किलोमिटर उत्तर पुर्व सिन्धुपाल्चोक जिल्ल्ला मेलम्ची नगरपालिका, वडा नम्बर ११ मा अत्याधुनिक फेमिली रेस्टुरेण्ट “फूचे केटाको सेकुवा एण्ड गेस्टहाउस” सञ्चालनमा आएको छ । मेलम्ची रोड बाट १० मिटर भित्र, अत्याधुनिक प्रविधिको तथा गुणस्तरीय सेवा सुविधाले सु-सम्पन्न भएको रेस्टुरेन्ट संचालनमा आएको हो ।

“फूचे केटाको सेकुवा एण्ड गेस्टहाउस” २०७५ फागुन २४ गते देखि औपचारिक रुपमा संचालनमा आइरहेको छ । स्वेदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा रेष्टुरेन्ट सञ्चालनमा ल्याईएको छ ।

बिगत २ दशक भन्दा धेरै समय वैदेशिक रोजगारीका क्रममा अन्तरराष्ट्रिय स्तरको लक्जरी चेन होटल रेस्टुरेन्टमा सेफको काम गरेको अनुभवलाई स्वदेशमै केहि गरुँ भन्ने उदेश्यको साथ खोलिएको “फूचे केटाको सेकुवा एण्ड गेस्टहाउस” मा सेकुवा ग्रिलका परिकारहरु जसलाई फरक खालको ओभन बाट हाईजेनिक तबरले तयार परिन्छ ।

शुक्रबार शनिबार कन्टिनेन्टल स्वादमा चिकेन होल बारबिक्यु समेत उपलब्ध हुने यस रेस्टुरेन्टमा नेपाली तथा कन्टिनेन्टल खानाको हरेक दिन फरक फरक स्वाद लिन पाइने छ भने अन्तरराष्ट्रिय स्तरको विभिन्न ड्रिंक्सको साथमा कक्टेलको मिश्रण पनि भेटिन्छ ।


“फुचे केटाको सेकुवा एण्ड गेस्टहाउस”लाई सिन्धुपाल्चोककामा निर्मित टेबल स्ट्याच्यु आदिले सजाइएको छ । सांगीतिक माहौलमा रमाउँदै बस्ने सेकुवा एण्ड गेस्टहाउसको आवश्यकता महसुस भएकाले सेकुवा एण्ड गेस्टहाउस सन्चालनमा ल्याएको सन्चालक रामकृष्ण दाहालले बताए ।

१५ वटा कोठा रहेको उक्त सेकुवा एण्ड गेस्टहाउसबाट एकै पटक २० जना ग्राहकले सेवा लिन सक्ने छन्। उनले अगाडी थपे।


हेलम्बू, पाँचपोखरी आउने पर्यटक र दर्शनार्थीहरुको सुविधालाई ध्यानमा राखी सन्चालन गरिएको होटेलमा एट्याच बाथरुम सहितको कोठा रहेको छ।सेकुवा एण्ड गेस्टहाउसले  हाल १० जनालाई रोजगारी दिइरहेको छ ।

रेस्टुरेन्टमा भेटिएका पोखरा घर भइ मेलम्ची खानेपानीमा कार्यरत इन्जिनियरले खाना पछी सन्तुष्ट हुदै भने “मेलम्चीमा मन जित्दै छ, फूचे केटाको सेकुवा एण्ड गेस्टहाउस ले ।”