युवापुस्ताका प्रतिभाशाली सङ्गीतकार शालिकराम घिमिरेकाे एकल सङ्गीत तथा गायक शशिविक्रम थापाकाे एकल गायन रहेकाे दुइवटा भजन सङ्ग्रह विमाेचन गरिएकाे  छ । वरिष्ठ गीतकार रत्नसमशेर थापाले नेपाल प्रज्ञा भवनमा भएकाे एक औपचारिक कार्यक्रममा त्रिवेणी भाग १ र २ नामका सङ्ग्रहलाइ विमाेचन गरेका हुन् । सङ्गीतकार घिमिरे र गायक थापाले २ वर्ष लगाएर तयार पारेकाे एल्वम् विमाेचन कार्यक्रममा नेपाली सङ्गीत तथा सामाजिक क्षेत्रका विशिष्ठ व्यक्तिहरु उपस्थिति रहेकाे थियाे ।

शास्त्रीय सङ्गीतमा लामाे समयदेखि सक्रिय रहेका सङ्गीतकार घिमिरेकाे याे पहिलाे तथा दाेस्राे एल्वम् हाे । दुवै एल्वममा शशिविक्रम थापाले स्वर रहेकाे छ । दुइ एल्वममा १० वटा भजन समेटिएकाे छ भने डिभिडिकाे रूपमा रहेकाे एल्वममा सबै भजनलाइ भिडियाे बनाएर सार्वजनिक गरिएकाे छ ।

प्रज्ञ भवनकाे मैत्री हलमा भएकाे एल्वम् विमाेचन कार्यक्रममा स्रष्टाद्वयले सङ्गीत प्रस्तुत गरेका थिए भने एल्वम् बनेर विमाेचन हुँदासम्म प्रत्यक्ष अप्रत्यक्षरूपमा सहयाेगि भूमिका खेलेका सबैलाइ सम्मान गरिएकाे थियाे । भजन संग्रहका बारेमा वरिष्ठ कलाकार रत्न बेहाेशीले समिक्षा गरेका थिए भने भजन रचनाकार मनाेहर गाैतम तथा कलकार शुशिल पाेखरेललगायतले कार्यक्रमलाइ सम्बाेधन गरेका थिए ।