– सम्पादकीय

हामी सहरप्रधान जीवनकाे अभ्यासमा छाैँ । सहरप्रधान भन्नाले सुखी र समृद्ध भन्ने आशय पनि हाम्राे जीवनकाे अभीष्ट हाे । राम्राे वसाइ, राम्राे पानी, स्वच्छ हावा, धुलाेधुवाँरहित सडक आदि सहरप्रधान जीवनकाे समान्य आयाम हाे । तर  याे अभ्यासमा हामीले पर्यावरणबारे हेक्का राखेका छैनाै । सहरमा बस्न पायाे भयाे भने जसरी हाम्रा बस्ती बिकास भैरहेका छन् । हाम्राे वस्ती विकासमा हामीले वातावरण बारे कति हेक्का राख्याैँ भन्ने कुरा विस्तारै उठ्न थालेकाे छ ।

सहरी जीवनसँग पर्यावरणकाे ठूलाे महत्व रहने गर्दछ । पर्यावरण हरेक जीवसित जोडिएको वातावरणीय अवस्था हो। कुनै पनि जीव वरपरको अवस्थामा हुर्कन्छ, बढ्छ र अन्तमा आफूजस्तै सन्तति छोडेर जीवनचक्र पूरा गर्दछ। वातावरण र जीवको अन्तरसम्बन्ध पर्यावरण हो। पिउनयोग्य पानी, स्वच्छ वायु र आवश्यक खेतीयोग्य जमीन बाँच्ने आधार हुन्। कुनै पनि प्राणीको अस्तित्व एक्लै सम्भव छैन। प्राणी वा वनस्पति वातावरणसित जुधिरहेका हुन्छन् । तसर्थ सहज जीवनका लागि आधार भूमि लगायत त्यस स्थानको वातावरण अनुकूलित हुन जरुरी हुन्छ।  जहाँ बाँच्न मुश्किल छ, त्यहाँ जीवन सुरक्षित हुँदैन, जीवन सुरक्षित नभएको ठाउँमा बसोबास पनि हुँदैन। तसर्थ सन्तुलित पर्यावरण हाम्रो सरोकार हो।

काठमाडाैँकाे पर्यावरण विस्तारै कमजाेर बन्दैछ । हामीले जसरी वस्ती विकास गर्याैँ त्यही अनुसार हावा तथा पानीकाे माध्यमलाइ जगेर्ना गरेनाैँ । घरघरैबीच रूख व पानीका कुनै श्राेत नदेखिनु हाम्राे सहरकाे विशेषता हाे ।  जनसंख्या वृद्धि र विलासिता शैलीको मानव आवश्यकताले पर्यावरणीय असन्तुलन भइरहेको छ। मानव समाज र वातावरण स्वयमले निकै नै परिवर्तन ल्याएको छ।हामी स्वार्थ प्रेरित भएर प्राकृतिक स्रोतमाथि  दोहन गरिरहेका छाैँ ।

सहरकाे बीच तथा छेउछाउका सार्वजनिक जमिनलाइ मुठ्ठीभरका व्यक्तिले फाइदा लिइरहेका छन् । यी सार्वजनिक जमिन पर्यावरण बचाउनका लागि हुनुपर्ने बारेमा कसैले जाेड दिएकाे पाइँदैन । स्थानीय सरकारकाे सिफारिसमा सहरका सार्वजनिक जमिन बिभिन्न संस्थालाइ बाँड्ने काम बेराेकटाेक भैरहेकाे छ । स्थानीय सरकारले ठाेस नीति बनाएर पर्यावरण बचाउनु पर्नेमा याे वा उ नाममा सार्वजनिक जमिन बाँडिरहेकाे छ भने विपक्षले ठाेस आवाज उठाएकाे देखिएकाे छैन ।

काठमाडाैँकाे बुढानिलकण्ठ नगरपालिकामा सार्वजनिक जमिनकाे विषय सदैव पेचिलाे हुने गरेकाे छ । यहाँका अधिकांश सार्वजनिक जमिन बिभिन्न नाममा मिचिएका, किचिएका तथा बाँडिएका छन् । याे विषय यस नगरपालिकामा कहिल्यै महत्वकाे विषय बनेकाे छैन । यस नगरपालिकामा २ हप्ता अघि २० राेपनीभन्दा धेरै जमिन एउटा आइएनजियाेलाइ भाडामा दिने विषयमा वडाध्यक्षमार्फत नगरप्रमुखले ठूलाे प्रयास गरे । याे विषयमा स्थानीयवासीले विराेध गरे पनि प्रमुख प्रतिपक्षी दलले धारणासमेत व्यक्त गरेन । यस्ता खाले सम्भावनाकाे खाेजी तथा वितरण कार्य यसअघि पनि बुढानिलकण्ठ नगरमा पटकपटक हुने गरेकाे छ । तर प्रमुख प्रतिपक्षी रमिते मात्र बन्न गरेकाे देखिन्छ ।

हिजाे गाविस अध्यक्ष रहेका व्यक्ति अहिले नगरप्रमुख छन् तर बस्ती विकासले निम्त्याएकाे पर्यावरणीय समस्या उनले बाेध गरेका छैनन् । मेयर हाकाहाकी सार्वजनिक जमिनलाइ आम्दानीसँग जाेड्नु पर्छ भन्छन् । उनकाे याे भनाइलाइ यस नगरमा रहेकाे प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले आपत्ती जनाउँन सक्दैन । कतिपय प्रतिपक्षी नेता यसरी जग्गा बाँडिनुलाइ अनि राम्राे नै हाे भन्ने धारणासमेत राख्छन् । स्थानीयवासीमा पर्यावरणप्रतिकाे चेतना आएकाे देखिदैन । प्राय सरकारी विद्यालय वरपर कुनै रूख विरूवा छैनन् कुनै पनि वडा कार्यालयमा पनि रूख विरूवा छैन ।