काठमाडौं– नेपालमा डिजिटल टेलिभिजन सुविधा प्रदान गरेको डिसहोमले ग्राहकहरुका लागि नयाँ योजना ‘अप्ठेरोमा उधारो’ नामक सुविधा ल्याएको छ। डिसहोम क्रेडिट नामसमेत दिइएको सुविधामा ब्यालेस नहुँदा पनि निरन्तर टिभी हेर्ने अवसर पाइने कम्पनीले जनाएको छ।

ब्यालेन्स नभएर लाइन काटिएको अवस्थामा आकस्मिक रिचार्ज सुविधाका लागि ग्राहकहरुले आफ्नो मोबाइलमा क्रेडिट क्यास आइडी मार्फत २५०० मा एसएमएस पठाएर रिचार्ज गर्न सक्छन्। यो सुविधा ग्राहकहरुले राती वा पायक नपर्ने समयमा ब्यालेन्स सकिएर टिभी सिग्नल काटिएमा प्रयोग गर्न सक्नेछन्। यसका साथै व्यस्तताको कारण बजारबाट रिचार्ज कार्ड खरिद गर्ने अवस्था नभएमा अथवा रिचार्ज कार्ड बिक्रेताकहाँ पुग्न धेरै समय लाग्ने भएमा पनि यो सुविधा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।

यो सेवा प्रयोग गर्दा कुनै पनि अतिरिक्त सेवा शुल्क नलाग्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ। ग्राहकहरुले प्रयोग गरेको क्रेडिट रिचार्जको रकम भने अर्को पटक रिचार्ज गर्दा काटिने छ। ग्राहकहरुले रिचार्ज ब्यालेन्स सकिएको हरेक पटक एक चोटिको लागि यो सुबिधा प्रयोग गर्न सक्नेछन्।