कम्युनिस्ट पार्टीमा नेता तथा कार्यकर्ता  उत्पादनसँग जाेडिनुपर्ने एकखाले शास्त्रीय मान्यता रहन्छ । कम्युनिस्ट सिद्धान्तकाे आधार भनेकै उपभाेक्तामुखी कम उत्पादनमुखी बढी हाे । कार्ल माक्सदेखि माओत्सेतुङसम्मका कम्युनिस्ट लिडरकाे पहिलाे मान्यता तथा कदम आफ्ना कार्यकर्तालाइ उत्पादनसँग जाेड्ने थियाे । जसकाे सुरूवात हरेक कम्युनिस्ट लिडर उत्पादनसँग जाेडिएर हुने गर्थ्याे  ।

नेपालमा त्यति धेरै मात्रामा याे खाले अभ्यास भएकाे पाइन्न । नेताहरू उत्पादनमा जाेडिएकाे बिरलै घटना हामीसँग छ । राजनीतिलाइ नै कमाइ खाने भाँडाे बनाउँदै आएकाे हाम्राे अभ्यासबीच केही सिमित कर्मशील नेता तथा कार्यकर्ता भने उत्पादनसँग जाेडिएकाे उदाहरण सुन्न र हेर्न पाइन्छ ।

सन्दर्भ काठमाडाैँ बुढानिलकण्ठ नगरपालिकाकाे हाे । बुढानिलकण्ठ नगरपालिकामा नेकपाका अध्यक्ष हुन् रविन अधिकारी । केही महिनाअघि उनी नगरकाे नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष भए । बुढानिलकण्ठ नगरपालिकामा नेकपाका अध्यक्ष सचिव चयन भए पनि अझै एमाले माओवादी जाेडिएकाे पूर्ण कमिटि भने बनि सकेकाे छैन । यही बीचकाे भ्याकुममा अध्यक्ष रविन अधिकारीले आफूलाइ अर्थपूर्ण तरिकाले उत्पादनसँग् जाेडेका छन् ।

नेपालकाे विकासमा सबैभन्दा ठूलाे भूमिका खेल्ने कृषिलाइ व्यवसायिक बनाउने हेतुले रविनले केही भरपर्दा साथीका साथ यात्रा तय गरेका छन् । कृषिलाइ कसरी जिविकाेपार्जनदेखि माथि उठाएर आम्दानीकाे पहिलाे आधार बनाउने बारेमा व्यापक तयारीपश्चात सुरू गरिएकाे यात्राकाे नाम सेवेन फार्मस एग्राे फार्म प्रालि रहेकाे छ । बुढानिलकण्ठ ठेगानामा स्थापित गरिए पनि रविन तथा उनका ६ साथीहरू याे यात्रालाइ देशका धेरै ठाउँमा पुर्याउने साेचमा छन् ।

नेपाली कृषिमा के के काे सम्भावना छ भन्ने अध्ययन गर्दै सुरू भएकाे रविनकाे सेवेन फार्मसकाे पहिलाे पाइलास्वरूप बुढानिलकण्ठकाे काैडाेलमा रहेकाे थानेडाँडामा कालिज पालन शुरू भएकाे छ । करिब २ कराेड लगानी गरिने याे प्राेजेक्ट नेपालकै सबैभन्दा ठूलाे कालिज पालन प्राेजेक्ट हुनेछ । यस प्राेजेक्टमा २० हजार कालिज पाल्ने तयारी रविनकाे सेवेन फार्मसले गरेकाे छ । याे कालिज पालन ठूलाे मात्र हैन प्राकृतिक र अर्गानिक पनि हुनेछ ।

प्राकृतिक तथा अर्गानिक कालिज पालनकै लागि भनेर रविनले सामुदायिक वनसँग जाेडिएकाे अत्यन्त प्राकृतिक स्थान राेजेका छन् । रूखैरूखकाबीचमा तयार पारिएकाे कालिजकाे पिँजडा चिडियाखानाजस्ताे भव्य तथा आकर्षक बनेकाे छ । दुवैतिर जङ्गलकाे बीचमा फलफूलका दर्जनाै बिरूवाहरू तथा दक्षिण फर्किएकाे पारिलाे ठाउँमा शुरू भएकाे कालिजपालन सुरूवातमै चर्चा तथा प्रशंसा हुन थालेकाे छ ।

नेपालका केही ठाउँमा कालिज पालन भए पनि कालिजलाइ बाेइलर कुखुराजस्ताे कमजाेर व्यवस्थापन र खानाका साथ पालिएकाे अबस्थामा रविन तथा उनका साथीहरूले गरेकाे फार्ममा कालिजकाे प्राकृतिक र अर्गानिक स्वरूप देख्न पाइन्छ । सेवेन फार्मसले यस ठाउँमा कालिज पालन सम्बन्धि जानकारीमूलक कार्यक्रम तथा तालिम दिने ठाउँ पनि बनाउँदैछ । कालिजपालन हेर्दै कालिजकाे पालनकाे तालिम तथा जानकारी दिनेलिने व्यवस्थाले मानिसमा कालिजपालन बारे सुसुचित हुने माैका पाउन भन्ने चाहेकाे रविन बताउँछन् ।

नेपालीहरूमाझ स्वादिलाे तथा पाेषिलाे मासुकाे रूपमा परिचित कालिजलाइ हरेक घरमा कुखुराजस्तै सहज र प्रभावकारीरूपमा पुगाेस् भन्ने याेजनाका साथ प्राेजेक्ट तयार पारिएकाे रविनले बताए । कालिजकाे मासु पाेषिलाे मात्र नभै कतिपय राेग तथा समस्याकाे उपचारकाे लागि प्रभावशाली रहेकाे रविन बताउँछन् । सेवेन फार्मसले कालिजपालनसाथमा ठूलाे स्केलकाे कागती खेतीकाे तयारी भैरहेकाे रविनले बताए । नेपाली कृषिमा सम्भावनाकाे खाेजी मात्र नभै कसरी सम्भावना हुने बारे उदाहरण बन्न चाहेकाे रविनकाे कथन थियाे ।