नेपाली काँग्रेस काठमाडाैँ क्षेत्र नं ४ काे राजनीतिमा प्रभावशाली नेता हुन् श्रीराम लामिछाने । क्षेत्रीय राजनीतिकाे बिभिन्न माेर्चामा उनले आफ्नाे प्रभावशाली उपस्थिति देखाएका छन् । पछिल्ला एक दशकदेखि गगन थापाकाे यस चुनावी क्षेत्रमा भएकाे अन्तर्पार्टी द्वन्द्वका लामिछाने एक दर्शक पनि हुन् । दर्शक यस अर्थमा कि याे क्षेत्रकाे अन्तर्द्वन्द्वमा गगन थापा र राजु श्रेष्ठनै अगुवा हुन् । थापा र श्रेष्ठबीचकाे वेमेल नै याे क्षेत्रमा पार्टी कमजाेर बन्ने कसी बनिरहेकाे छ । याे सिङ्गाे दशकमा राजनीतिका बिभिन्न माेर्चामा लामिछानेले राजु श्रेष्ठलाइ  नै सहयाेग गरेकाे देखिए पनि दुवैबीच सन्तुलित भूमिका बनाउने प्रयास पनि गरेकाे पाइन्छ ।

पछिल्लाे एकदशकदेखि काठमाडाैँ क्षेत्र नं ४ मा माैलाएकाे पार्टीभित्रकाे अन्तर्द्वन्द्वले श्रीराम लामिछाने पनि छियाछिया भएकाे महशुस गर्छन् । पदीय महत्वका लागिभन्दा पनि पार्टी संगठनका लागि राजनीति हुनुपर्छ भन्ने धारणा राख्ने लामिछाने पछिल्ला वर्षमा गगन थापा र राजु श्रेष्ठका नाममा पार्टीमा देखिएकाे अस्वभाविक गुटबन्दीले उदास छन् । उनी भन्छन्, “अब फेरि एकपटक पार्टीलाइ एक बनाएर लैजाने प्रयास गर्ने हाे, सकियाे भने सकियाे  सकिएन भने पार्टीकाे क्रियाशील सदस्य बनेर बस्ने” उनकाे याे भनाइमा गुटबन्दीकाे खेलबाट आजित भएकाे अनुभूति दर्सिन्थ्याे । लामिछानेले अगाडि भने, गगन र राजुकाे नाममा भैरहकेा अन्तरद्वन्द्व हटाउन पदीय माेह त्यागेर  पार्टीलाइ एक बनाउन एकजुट हुन आवश्यक छ । 

श्रीराम लामिछाने पार्टीलाइ मिलाएर जान सकिने अबस्था रहेकाे उनी बताउँछन् । पार्टीलाइ मिलाएर जाने दायित्वबाट गगन थापा र राजु श्रेष्ठ दुवै चुक्नु हुँदैन भन्ने धारणा छ उनकाे । क्षेत्र  नं ४ काे राजनीतिक  वातावरणलाइ सरल  बनाउन आफूले अन्तिम अबस्थासम्म काम गर्ने लामिछानेले बताए ।

श्रीराम लामिछाने भन्ने बित्तिकै काठमाडाैकाे क्षेत्र नं ४ तिर प्रकाशमान सिंहकाे मान्छे भनेर चिनिन्छन् । चाबहिल निवासी लामिछाने नेबिसंघकाे राजनीति गर्दादेखि  नै चाक्सीबारीतिर नजिकिएका हुन् । कालन्तरमा लामिछाने उपप्रधानमन्त्रीदेखि पार्टी महामन्त्रिसम्म भएका प्रकाशमान सिंहका स्वकीय सचिवसम्म बने । उनी कहिल्यै न बदलिइकन प्रकाशमानकाे राजनीतिकाे एकहिस्सा बनिरहेका छन् ।

काठमाडाैँकाे राजनीतिमा सक्रिय अधिकांश व्यक्ति चाक्सीबारीकै उपज रहेकाे लामिछाने बताउँछन् । व्यक्तिगत फाइदा वेफाइदाका कारण काेही कता काेही कता लागे पनि कतिपय दिंवगतदेखि हाल चलेकाे धेरैजसाे नाम चाक्सीबारी, गणेशमान तथा प्रकाशमानबाटै काँग्रेसका नेता बनेकाे उनी बताउँछन् ।

काठमाडाैँकाे राजनीतिमा प्रकाशमान सिंह सदैव पावरहाउसकाे रूपमा हेरिन्छ । काठमाडाैँमा कुनै पनि पार्टीगत निर्णय पूर्व चाक्सीबारीकाे सहमति वा असहमतिका बारेमा लामै बहश चल्ने गर्छ । प्रकाशमान सिंहकाे राजनीतिक हैसियतकाे छहारी पाएर धेरै नेताहरू पार्टीकाे उपल्लाे स्थानसमेत हासिल गरेका छन् । प्रकाशमान सिंहकाे राजनीतिलाइ क्रियशील सदस्य तथा कार्यकर्तामाझ पुर्याउन बिभिन्न चुनावी क्षेत्रमा केही सक्रिय रहेका नेताहरूमा श्रीराम लामिछाने एक हुन् ।

यद्यपि काठमाडाैँका चुनावी क्षेत्रहरूमध्ये काठमाडाैँ क्षेत्र नं ४ मा  प्रकाशमान सिंहकाे शक्तिशाली स्वरूप देख्न पाइदैन । यद्यपि क्षेत्र राजनीति गर्ने ७० प्रतिशतभन्दा धेरै क्षेत्रीय तथा स्थानीय नेता चाक्सिबारीकै छत्रछायाँमा वयस्क भएका हुन् । क्षेत्र नं ४ काे राजनीतिमा गगन थापाकेा उदयपश्चात भने चाक्सीबारी कमजाेर भएकाे हाे कि भन्ने भान हुनसक्छ । यस क्षेत्रकाे राजनीतिमा सांसद गगन थापा र सभापति राजु श्रेष्ठकाे राजनीतिलाइ अझै चेक एन्ड ब्यालेन्स भने चाक्सीबारीले नै गरिरहेकाे भान हुन्छ ।

चाक्सीबारीकाे राजनीतिलाइ क्षेत्र नं ४ मा सक्रिय बनाउनेहरूमध्ये अग्रणी हुन् श्रीराम लामिछाने । लामिछानेले केही बाेले भने त्याे सिधै क्षेत्रपाटी दरबारकाे आवाज हाे भन्ने गरिन्छ । लामिछानेले पार्टीकाे अघिल्लाे महाधिवेशनमा क्षेत्रीय सभापति बनाउन राजु श्रेष्ठलाइ सहयाेग गरेका थिए । सांसद गगन थापासँग भने लामिछानेकाे सम्बन्ध खासै सुमधुर मानिदैन् । तर उनी बेलाबखत गगन थापासँग भेट हुने तथा राय सल्लाह आदनप्रदान हुने बताउँछन् ।