काठमाडौँ। बुढानीलकण्ठ नगरपालिका अन्तर बिद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिता सम्पूर्ण तयारी पुरा गरेको छ । माघ १४ बाट सुरु हुने सो प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

बिद्यार्थीहरुमा रहेको फुटबल प्रतिको अभिरुचीलाइ मध्यनजर गर्दै प्रतिभावानखेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको कम्युनिटी केयर नेपालका कोषाध्यक्ष रन्जीत केसीले बताए ।

बुढानीलकण्ठ नगरपालिका वडा नं १० स्थित ह्यान्ड बल खेल मैदानमा आयोजना गर्न लागिएको प्रतियोगितामा १६ वटा टिमले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन । प्रतियोगीतामा प्रथम दितीय हुनेले नगद पुरस्कार क्रमश रु २० हजार र १० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।