
खुमन अधिकारी आज सांगीतिक क्षेत्रमा जुन उचाइमा हुनुहुन्छ । यो उचाइमा पुग्न तपाइले गरेका संघर्सको विषय तँपाइका प्रिय दर्शक र पाठकलाई सुनाईदिनुस न ?
स्कुल पढ्दा देखिनै गीत गाउथे । प्रतियोगिताहरुमा भाग लिन्थें । सामान्य कार्यक्रमदेखि जिल्ला स्तरीय लोकगीत प्रतिष्प्रर्धामा । जहाँ पनि प्रथम नै भएर फर्कन्थे । बुवा आमाको चिन्ता हुन्थ्यो छोराले पढाइ विर्गाला वा छोरो बिग्रेला कि भन्ने । त्यही कारण घरबाट लुकेर भागेर गीत गाउथें । नशा नशामा गीत थियो । जंगलमा पुगेर गीत नै गुनगुनाउँथें । र काठमाण्डांै आइसकेपछि ४ बर्ष दोहोरीमा काम गरे । ती दिन संर्घषपूर्ण थिए । अरुका एल्वममा गीत गाउनका लागि धेरैलाई नमस्कार गरे, खुट्टा ढोगें । केही अग्रजहरुले खुमनको भोकलले गीत चल्दैन भनेर चलेका गायकलाई गीत गाउन लगाएको क्षण कहिले मानसपटल बाट हट्न सक्दैन् । त्यही चोट पछि एउटा अठोठ गरें । म आफैंमा श्रृजना लय र स्वर छ भने कि आफैं श्रृजना नगर्ने भन्ने सोचेर आफैं गीत श्रृजना गर्न थालेको हुँ । शुरुका २८÷ २९ वटा गीत गाइसकेपछि गीतले बजार लिन सकेन् । आफ्नै भाग्यलाई दोष दिए । मनको देउतैले भन्ने गीत राम्रै चल्यो । त्यसपछि यही क्षेत्रमा लागेर मैले पनि केही गर्न सक्ने रहेछु भन्ने लाग्यो । ती त्रासदीपूर्ण र संर्घषपूर्ण दिनमा पनि म यो क्षेत्र छोडर भागिन् ।
बाल्यकालमा अरुको जस्तै तपाईंको पनि सपना थियो होला । यहि क्षेत्रमा आउने वा अन्य कुनै क्षेत्र ?
सानैदेखि गीत गाउने भएका कारण पछि गायक नै बन्छ भन्दथें अग्रजहरु । बालापन र बाल मस्तिकमा पनि गायक नै बन्छु भन्ने थियो । यद्यपि मेरो बुवा आमाको सपना छोरालाई शिक्षक बनाउने थियो ।
मनभरी सपना बोकेर राजधानी भित्रिएपछि के कस्ता पापड पेल्नु पर्यो ?
प्लस टु उत्र्तीण गरेपछि भित्रिएको हुँ राजधानी ६२ सालमा । साथ सर्पोट कसैको थिएन् । चिनेको कोही होइन् । ठाउँ विरानो । सबै चिज विरानो । शुरुमा राजधानी बस्न सक्दिन भन्ने लाग्यो र फर्किए आफ्नै गाउघर । पछि बुवा आकाको एक जना दिदीको शरण परियो । १५ दिन उहाँहरुकैमा बसे । बीचमा रुम लिए । महेन्द्ररत्न कलेजमा भर्ना भए । र दोहोरी साँझमा काम गर्न थाले ।
यहाँ सर्जक, वामे सर्दै गरेका कलाकारलाई सुनको फुल दिने कुखुराको रुपमा हेरिन्छ । हिजोका दिनमा तपाइप्रति अग्रजको व्यवहार कस्तो थियो ?
शुरुवातका ती दिनहरुमा कतिपय अग्रजहरु यस्तो भोकलले कहाँ चल्छ ? भन्दथें । केहीले सहयोग गर्नुभयो । अहिलेजस्तो स्थिती थिएन् नयाँ कलाकारलाई अग्रजहरुको व्यवहार ।
तपाँइले अनुज कलाकारलाई गर्ने व्यवहार कस्तो छ ?
म अग्रजलाई सम्मान र अनुजलाई माया एंव सर्पोट गर्दछु सदैव । केही नयाँ कलाकार, जोसँग क्षमता छ तिनलाई घरमै लगेर खुवाएर सर्पोट गरेर कलाकार बनाएको छु । सदैव अनुज कलाकारलाई सहयोग गर्न तत्पर छु ।
यो क्षेत्रमा विकृति र विसंगतिले डेरा जमाएको छ । यस्ता विसंगति कसरी हटाउने ?
यस्को कुनै सीमा छैन् न त मापदण्ड । दुःखद कुरा हो गीत संगीतको कुनै पनि सेन्सर वोर्ड छैन । जस्तो चलचित्रको लागि विकास वोर्ड छ । कतिपय गीतहरु हुबहु चोरिएका छन् । अश्लिल शव्द घुसाइएका छन् । गीतका भिडियो परिवारसँगै बसेर हेर्न नसक्ने खालको छ । यस्ता बिकृती र बिसंगती हटाउन कलाकार नै सजक र सर्तक हुनु जरुरी छ ।
दुर्गेस थापा, ज्योती मगर जस्ता पात्र हिट हुने । नेपाली सांगीतिक क्षेत्रमै तल्लिन संस्कृति बचाउन लागी पर्ने तँपाइहरु ओझेलिनु पर्ने, यो डरलाग्दो अवस्थाले सांगितिक क्षेत्र कहाँ पुग्ला ?
व्यक्तिगत कुरा नगरौं । को कस्तो भन्ने ? उहाँहरु आफ्नै ठाउँमा हुनुहुन्छ हामी आफ्नै ठाउँमा छौं । सबैको आ आफ्नै स्थान छ । बुझ्नेले बुझ्नु पर्दछ कि मैले ठीक गरिरहेको छु वा बेठीक ?
पछिल्लो समयमा कलाकारको श्रृजना हटाइन थालेका छन् । यो विषयमा तपाई के भन्नु हुन्छ ?
कुनै कुनै गीत हाइनुनै पर्ने भएर हटाइएको हुन्छ । कुनै गीतहरु हटाउनु नपर्ने गीत हटाइएको छ । त्यो किन हटाईयो ?
कसरी हटाइयो ? त्यहाँ हटाउनै पर्ने कुनै कारण थियो होला र त हटाइयो । त्यसले नकारात्मक सन्देश दिएको होला र त हटाइयो । तर कुनै कुनै गीतहरुमा दुइचार ठाउँबाट दबाब आयो भन्दैमा हटाइनु हुदैन । त्यो गीतले देश,जनताका लागि राम्रै सन्देश पनि दिएको हुन्छ । कलाकारले नै बुझेर शव्द चयन गरी गीत बजारमा ल्याउने हो भने विवादै आउदैन ।