बुढानीलकण्ठ नगरपालिका वडा नं १० मा रहेकाे ह्यान्डबल मैदानमा बुढानिलकण्ठव्यापी अन्तर बिद्यालय सेवेन ए साइड फुटबल प्रतियोगिता शुरू भएकाे छ  । आज माघ २० गतेसम्म चल्ने प्रतियोगितालाइ बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलले उद्घाटन गरेका छन् ।

बिद्यार्थीहरुमा रहेको फुटबल प्रतिको अभिरुचीलाइ मध्यनजर गर्दै प्रतिभावानखेलाडी उत्पादन गर्ने उद्धेश्यले गरिएकाे प्रतियोगिताका कम्युनिटी केयर नेपालले आयाेजना गरेकाे हाे ।  ह्यान्डबल खेल मैदानमा आयोजना भएकाे प्रतियाेगितमा प्रतियोगितामा १६ वटा टिमले उपाधिको लागि प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगीतामा प्रथम र द्वितीय हुनेले नगद पुरस्कार क्रमश रु २० हजार र १० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।