काठमाडौं। बूढानीलकण्ठ हात्तिगौडामा रहेको आफ्नै भवनमा बूढानीलकण्ठ  नगर कार्य पालिका बैठक आज बसेको छ । नयाँ प्रशासनीक प्रमुख नगरपालिका आएपछि बसेको यो पहिलो बैठक हो ।

नगरपालिकाले आफ्नो बैठकमा भएको निर्णय भने सार्वजनिक गर्ने गरेको छैन । 


स्थानीय सरकारमा आफ्ना जनप्रतिनिधिहरुले कस्तो निर्णय लिग्छन भनेर जान्ने अधिकार जनसामान्य समेतले राख्ने हुँदा पनि, निर्णय सार्वजनिक गर्ने उचित व्यवस्थापन नगरले गर्न सकेको छैन ।