भारतकाे चर्चित टाटा मोटर्सले आफ्नो बहुचर्चित इलेक्ट्रीक एसयूभी ‘नेक्शन इभी’ एक विशेष कार्यक्रम गरेर बिक्री सुरु गरेकाे छ ।कम्बस्चन नामकाे इन्जिनयुक्त नेक्सन धेरै फिचर प्रयोग भएको इलेक्ट्रिक गाडी बताइएकाे छ ।  यस इलेक्ट्रीक कारलाई कम्पनीले तीन भेरियन्टमा बजारमा ल्याएकाे छ । जसमा टाटाकाे ब्रान्ड बनेकाे एक्सएम, एक्सजेड प्लास र एक्सजेड प्लस लग्जरी रहेको छ ।

नेक्सन इभीको भारतमा मूल्य  एक्सएमको भारू १३ लाख ९९ हजार , एक्सजेड प्लासको भारू १४ लाख ९९ हजार र एक्सजेड प्लस लग्जरीको मूल्य  भारू १५ लाख ९९ हजार रहेको छ । नेक्सनकाे पेट्राेल गाडीमा भन्दा पनि धेरै फिचरका साथ आएकाे  यो कारको ८ वर्ष तथा १ लाख ६० हजार किलोमिटरको व्याट्रीमा वारेन्टी प्रदान गरेको छ ।

भारतकाे मूल्य अनुसार भन्सारसहित नेपालिमा अनुमान गर्ने हाे भने करिब ३३ देखि ३५  लाख नेपाली रुपैयाँमा यसलाई नेपालमा पाउन सकिने अनुमान गर्न सकिन्छ । यद्यपि याे गाडि नेपालमा कहिले आउँछ भन्ने कुरा पछि मात्र थाहा पाइएला । याे गाडीकाे प्रतिक्षा भने नेपालमा पनि गरिएकाे छ । नेपालमा कियाकाे निराे, हुन्डेइकाे काेना तथा एमजीकाे जेडएस नामकाे लक्जरी इलेक्ट्रिक गाडि आइसकेकाे छ । यी तीन गाडीकाे तुलनामा नेक्सन इभि सस्ताे पर्ने सम्भावना भएकाेले धेरैले यसकाे प्रतिक्षा गरिरहेका छन् ।

जिपट्रोन टेक्नोलोजीमा आधारित यो नेक्सन इभिले फुलचार्जमा झन्डै ३०० किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीले जनाएको छ । त्यसैगरी यसमा ३०.२ किलोवाट आवरको हाइइनर्जी डेनसिटी लिथियम आयान ब्याट्री सेल दिइएको छ । यसको मोटरमा लिक्वीड कुल्ड सिस्टम प्रदान गरिएको छ । नेक्सन इभिमा रहेको व्याट्री चार्ज गर्न घरायसी चार्जरबाट ८ घण्टा लाग्छ भने डिसी फार्स्ट चार्जरबाट चार्जगर्दा ६० मिनेटमा ८० प्रतिशत चार्जगर्न सकिन्छ । यसमा दिइएको व्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर वारेन्टी दिने कम्पनीले घोषणा गरेको छ ।