तस्बिर:-गेन्द्र लामा

काठमाडौं,  ।निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्स) को आयोजनामा चौथो प्याब्सक कप अन्तरविद्यालय फुटसल प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।

लुम्बिनी एकेडेमीको मुख्य प्रायोजन तथा निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) को आयोजनामा यही माघ २२, २३ र २४ गते लुम्बिनी फुट्सल ग्राउण्ड चुच्चेपाटीमा अन्तर–विद्यालय फुटसल प्रतियोगिता हुने भएको हो।

प्रतियोगिताको अयाोजक संस्था (प्याब्सक) ले सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो जानकारी दिएको हो । ‘विकास, अनुशासन र गतिशिलता खेलाडीको पहिचान,राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद’ भन्ने मूल नाराका साथ उक्त प्रतियोगिता हुन लागेको हो ।प्रतियोगितामा काठमाडौं उपत्यकाका ६४ वटा विद्यालयहरुले भाग लिने प्याब्सक अध्यक्ष गेन्द्र लामाले जानकारी दिए ।

प्याब्सकले जनाएअनुसार यो प्रतियोगिता चौथो संस्करण हो । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना स्थान हाँसिल गर्ने विद्यालयहरुलाई क्रमशः १० हजार, ८ हजार, ७ हजार र ५ हजार नगदका साथमा आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र पनि प्रदान गरिने जनाएको छ ।

त्यस्तै, क्वाटरफाईनल पछिका खेलहरुमा ‘म्यान अफ द म्याच’ छनौट गरि ट्रफी प्रदान गर्ने पनिआयोजक संस्थाले जनाएको छ ।