पनौती – अक्षरमार्गले हालै काभ्रेमा आयोजित एक समारोह वीच वरिष्ठ साहित्यकार केदारनाथ खनाल र साहित्यिक पत्रकार जयदेव भटराईलाई सम्मान समर्पण गरेको छ । कार्यक्रमका प्रमुख अतिथि तथा वरिष्ठ साहित्यकार डा गोविन्दराज भट्टराईर्ले श्रीराम स्मृति अक्षरमार्ग वरिष्ठ साधक सम्मानबाट केदारनाथ खनाल र विष्णुहेम अक्षरमार्ग साहित्यिक पत्रकारिता सम्मानबाट वरिष्ठ साहित्यिक पत्तकार जयदेव भट्टराईलाई सम्मान गरेको हो । अक्षरमार्ग साहित्यिक त्रैमासिकद्धारा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि श्री भट्टराईले उहाँहरुलाई नगद, सम्मान पत्र र दोसल्ला ओढाई सम्मान गरेका थिए ।

कार्यक्रममा डा. गोविन्दराज भट्टराईले प्रमुख अतिथिय मन्तब्य दिंदै अक्षरमार्गले साहित्यको उत्थानमा उल्लेखनीय काम गरेको बताए । एक अर्को सन्दर्भमा नेपालमा लेखक भएर मात्र बाँच्न कठिन भएको वताए । काभ्रे जिल्लाका साहित्यकारहरू र साहित्य प्रेमीहरूको बाक्लो उपस्थिती रहेको सो कार्यक्रममा साहित्यकार मोहन दुवाल, कवि सूर्यप्रसाद लाकोजू, केदारनाथ खनाल, जयदेव भट्टराई, विजयराम कर्माचार्य लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा अक्षरमार्गबाट सम्मानकार्यक्रमलाई निरन्तरता दिनका लागि जगतमाया कर्माचार्यबाट रु एक लाख पचास हजार नगद अक्षरमार्गलाई हस्तान्तरण गरेका थिए ।

सिर्जनालयको पाँचौ श्रृङ्खला समेत चलेको सो कार्यक्रममा चट्याङ माष्टरले आफ्नो एकल सिर्जना वाचन प्रस्तुत गरेका थिए । उनले समाजका विकृति, विसंगति, मानवीय कमजोरी लगायतका विषयका हास्यरसले भरिएका कविताहरू सुनाएका थिए । नेपाली भाषा र साहित्यको सेवा गर्ने उद्देश्यले विगत आठ वर्षदेखि निरन्तर प्रकाशित अक्षरमार्गले वषको दुईपल्ट वाङ्मयसेवीहरूलाई सम्मान गर्दै आएको छ ।