• मनोज कुमार कर्ण/दृष्टिकाेण

विश्व अर्थतन्त्रमा एशियालाई कम्युनिष्ट देश चीनसँगै उदाईरहेको लोकतन्त्रको पर्याय भारतमाथि भने अनेकौं अवरोधहरू पार गर्नुपरिरहेको छ । भारतलाई छिमेकी मित्र पाकिस्तानसंग देश विभाजनको रिस र प्रतिघातहरू सह्ने स्वाभाविक कर्म हो । पाकिस्तानले पख्तुन कबिलाहरूले, राजा हरिसिंहले पूरा काश्मिर भारतलाई कागज नै गरेर दिएको बेला, राजाविरूद्ध आतंक मच्चाएर विभाजन भई अस्तित्वमा आईसकेको पाक सेनासंग मिलेर सम्पूर्ण काश्मिरी भागका गिल्गिस्टान, बाल्टिस्तान तथा पाक अधिनस्थ कश्मिर (पिओके)माथि कब्जा जमाई सकेको भागबाट सियाचीनको अर्को भाग अक्साई चाईनालाई एउटा खुराफाती षड्यन्त्र अन्तर्गत बुझायो ताकि चीन–पाक ‘मित्रता’ (भारतको भाग काश्मिरको लूटको धन त फूपु, चाईनालाई उपहार स्वरूप श्राद्ध उखान झैं) कायम रहोस् र भारतले भविष्यमा पाकबाट कश्मिर फिर्ता लिन खोज्यो भने स्वतः चीनसंग मिलेर भारतको सर्वनाश नै गर्ने !

यस अलावा भारतलाई हतियार सम्पन्न देश तथा आउने ५ वर्षमा ५ ट्रिलियन डलरको अर्थ व्यवस्था बजेट बनाउने, स्पेशमा विभिन्न स्याटेलाइट्स उतार्ने, विश्वमा बढ्दो ताकतले जहाँ हिजो भारतीय प्रधानमन्त्रीहरू अन्य देशको प्रमुख सामु उ बस्दा उभ्ने अवस्था थियो, त्यहाँ आज भारतले बस्ने, हाथमाथि हाथ राखेर मित्रताको ताली ठोक्ने र विश्वमा बढ्दो ईरान–अमेरिका जस्तो जुनसुकै तनावग्रस्त क्षेत्रमा शान्तिकोलागि मध्यस्थताको भूमिका युएनओकै हैसियतमा खेल्ने स्टाटस बनाएकोले पनि धेरै ईष्र्यालु तथा कपटी प्रतिस्पर्धी देशहरूसंग दृश्य, अदृश्य अवरोधहरू झेल्नुपरेको छ ।

प्रतिस्पर्धीहरू स्वच्छभएर यस्तै मानवप्रगति कार्यमा तथा शान्ति स्थापना कार्यमा लागेको भए राम्रै हुन्थ्यो तर जहाँ भारतमाथि उल्लेखित मानवहीत वा भारतको प्रगतिका कार्यमा सन् १९४६ को आजादीपछि आफ्नो समय लगायो, त्यहीं पाकिस्तानले, भारतीय पूर्व विदेशमन्त्री दिवंगत सुष्मा स्वराजको भाषामा, लश्कर–ए–तईबा, हिज्बुल मुजाहिद्दीन, जैश–ऐ –मुहम्मद जस्ता अनेकौं आतंकी समूह तयार गरेर देशका भविष्य युवालाई बिगार्दै विदेशबाट ल्याएको विकासको रकम डलरलाई पनि त्यसमा ‘लगानी’ गरे !

यस लेखमा संक्षिप्तरूपमा भारतले अन्य फैक्टरले विश्वमा ‘भारतको लिबरल झण्डै सेक्युलर हिन्दूत्व’को अस्तित्व नै समाप्त पार्ने तत्वसंग निरन्तर जुध्दै कसरी नजिककै पाकिस्तानको चीन, नेपाल तथा भारतमै उसको पाक–चीन नेक्ससले भारत घायल छ, त्यसलाई स्पष्ट पार्नु हो भने यस अंकमा केवल पाक–चीनको भारतीय नागरिककै नेक्सस उल्लेख छ ।

भारतविरोधी शत्रुसंग भारतीय कनेक्सन

भारतको हिन्दू सहिष्णुता तथा बीजेपी र उसको नेशनल जनतांत्रिक गठबंधन (एनडीए)का प्रायः पार्टीहरूको अन्य धर्मावलम्बीहरूलाईपनि साथमै लिएर प्रम नरेन्द्र मोदीको नारा ‘सबका साथ, सबका विश्वास र सबका विकास’को नारा अन्तर्गत एक्काईशौं शताब्दीको ‘मेक–ईन–ईण्डिया’को बृहत्तर योजनाको भारतीय चित्रणले गर्दा विपक्षी दल खासगरि कंग्रेस आई, वामपन्थीहरू, काश्मिरका अब्दुल्लाह परिवार तथा महबूवा मुफ्तिका पार्टीहरू, विहारका लालू यादबको आरजेडी, युपीका अखिलेश यादबको समाजवादी पार्टी, त्यहींका मायावतीकी बहुजन समाजवादी पार्टी, हैदरावादका हजूरबुवा हिन्दूबाट मुस्लिम बनेका र अब हिन्दू, हिन्दूका मन्दिर आदि देख्नै नसक्ने तर वकिलभएकाले धेरै सम्हलेर मिडियामा आगो नै ओकल्ने एआईआईएएमका चीफ असुदुद्दीन ओवैसी जस्ता अन्य क्षेत्रीय दलपतिहरू दिन प्रति दिन आफूहरूको धमिलो पानीमा माछा मार्ने प्रवृत्तिको राजनीतिले प्रगतीवादी तथा विकासवादी एनडीए गठबन्धनले उदांगो पारिदिएको परिवेशमा अजेण्डाविहिन भएर बिजेपीलाई नयाँ अजेण्डा तय गरेर परास्त गर्न सोच्नु अघि नै अर्को बज्रपात हरेक क्षण बिजेपीका सत्कार्यले परिरहेको देखेर हायलकायल भएका छन् ।

बिजेपी तथा एनडिए लिबरल हिन्दू वा पूर्ण धर्मनिरपेक्ष रहेको बलियो प्रमाण बोलीमा नभई कानूनी व्यवहारमै नयाँ कानून सिएए अन्तर्गत भारतका कोहिपनि मुस्लिम वा जो कोही नागरिकलाई केहि नगरी पाकिस्तान, अफ्गानिस्ता र बंगलादेशबाट माइनोरिटिमा परि धार्मिक उत्पीडीत शरणार्थी हिन्दू, फारसी, जैन, शिख, बौद्ध र ईसाईलाई नागरिकता दिने व्यवस्था कांग्रेस पार्टी कै सन् २००३ तिर को मागलाई पूरा गरेको बाट देखिन्छ । जहाँ बिजेपी देशभक्तिको पराकाष्ठामा विकासमार्फत् महान् आफ्नो जायज पीओकेसहितको भारत बनाउन तयार छ, त्यहीं विपक्षी कंग्रेसलगायतहरूले भएकै भारतको वजूद (अस्तित्व मेट्न) हिजो कसरी कुन विदेशी चीन–पाकसंग कनेक्सन गरेका थिए, त्यसलाई ‘सम्हाल्दै’मा परेशान छन् ।

यो आरोप भारतीय विपक्षीदलमाथि होइन किनकि भारतीय सेना जब–जब पाकिस्तान समर्थित आतंकीबाट भारतीय सुरक्षाबेस वा जनतामा आक्रमण गरेका छन् कम्तिमा मोदीराजमा, भारतीय सेनाले आजसम्म युपीएको सरकारमा गर्न नपाएको खुला कार्वाहीहरू सर्जिकल तथा एयर स्ट्राईकहरू गर्दा विपक्षीहरूले केहि दिन सेनालाई सपोर्ट गरेको नाटक जस्तो गरेर फेरी फेक अर्थात् गल्ति दाबी गरेको भनेर अपमान र प्रश्न उठाएका छन् ।

जबकि पाक प्रम ईमरान खान नियाजी, उसका सैन्य चीफ वाजवा र विदेशमंत्री कुरैसी लाश गन्ति गर्छन् र भारतसित बदलालिने बयान दिईरहेका हुन्छन् ! यति मात्र हैन कि भारतभित्र सरकार तथा सेनाको कार्वाहीमाथि यति भ्रमात्मक तथा प्रो–पाक बयानबाजी खासगरि कंग्रेस तथा माथि उल्लेखित युपीएसंलग्न दलका नेताहरूले गर्छन् कि उसको दुश्मन पाकले ती मिडिया बाईट तथा ट्वीटरहरूलाई एकत्रित राखेर पाकको सदन तथा युएनओमा लिखित दस्तावेज नै तयार पारेर बोल्छन् ।

भारतीय सेना जम्मू–काश्मिरमा बाटोमा हिंड्दा अति संयमितलाई प्रदर्शनकारी जनताले थप्परले मारेको देखिन्छ र ती भारतविरोधी नेताहरूले खुच्चिङ् गर्छन् भने आत्मरक्षामा जब सेना अर्को बेला आफू घेरिएको पत्थरबाजको तीनै मान्छेको भीडबाट निस्कन ईजरायली पुरानो मोडल अनुसार कसैलाई जीपको अगाडी बाँधेर निस्कन्छन्, अनि ती नेताहरू मिडियामा त्यस ‘देशभक्त’ नागरिकको तर्फबाट ‘मानवाधिकार’को वकालत गर्छन् ।

तीनै पत्थरबाजहरू आतंकीहरू सेनाद्वारा कुनै घरमा घेरिएको सूचना पाएर पत्थराव गरेर कभर दिन थाल्छन् र त्यहीं सेनाले घरभित्रबाट फायरको पनि सामना गरिरहेको हुन्छ अनि बल्ल बुलेट प्रुफ ज्याकेट मोदी सरकारमा पाएकोलाई लगाएर केवल अश्रु वा प्यालेट्ट गन पत्थरबाजहरूमाथि चलाउंछन्, तब सेनाको पक्षमा कोहि बोल्दैनन् र उल्टै प्यालेट्ट गन चलाएको भनी कंग्रेसका विपक्षी नेता मणिशंकर अईयर जस्ताले सेनापतिलाई ‘सडकका गुण्डा’ भन्छन् भने त्यही सेना केहि डिजाईनर पत्रकारको आलोचनापनि खेप्छन् ।

के विपक्षी दल तथा उसका केही डिजाईनर पत्रकारको नाममा सेनाको व्यवसायीक कार्यमा गरिने यस्ता हर्कतहरूलाई लोेकतन्त्र तथा मानवाधिकारको नाममा सह्न सकिन्छ ? के लोकतन्त्र र मानवाधिकार जस्ता कुराहरू भारतविरोधी प्रदर्शनकारी, विपक्षी केही नेता र डिजाईनर पत्रकार मात्रको हुन्छन् कि सुरक्षाबलको पनि कार्यस्थलमा हुन्छ ? विपक्षी दलको कार्य स्वस्थ्य राजनीतिमार्फत् देश र जनताको विकास हो कि शत्रु देशसंग मिलेर सेनाको कार्यमा हस्तक्षेप गरि

भारत समाप्त पार्नु हो ?

जब अंग्रेज कमजोरभएर भारतलाई सन् १९४६ मा आजाद गरिदिए तर पाकिस्तानपनि जन्माई दिए, त्यस बखत भारतीय मुस्लिम लीगका मुसलमान जसको ईच्छा नै भारतको अस्तित्व समाप्त पार्ने थियो तर मुसलमानको लागि पाकिस्तान बनेको देशमा जानि जानि गएनन्, तीनीहरू रेजिड्यूको रूपमा आजपनि रहेर भारतविरोधी गतिविधि गरिरहेका छन् जसको नवरूप हैदरावादका असुदुद्दीन ओवैसी, जम्मू–काश्मिरका फारूक तथा छोरा ओमर अब्दुल्लाह र महबूबा मुफ्तिका पार्टी र समर्थकहरू छन् भने लीगको भारत टुक्रयाउने विचारधाराका मुस्लिमहरू भारतभरि नै सबभन्दा बढी कंग्रेसमा अनि लालु तथा अखिलेश यादबका पार्टीहरूमा छन् जसकारणले विहार र यताका राज्यहरूमा पनि ‘पाकिस्तान जिन्दावाद’को नारा सुनिन्छ भने पाकको आईएसआईका एजेन्ट वा आतंकीहरू यिनीहरूकोमा नेपालभएर पसेर शरणपनि लिएर फर्दर प्लान भारतविरूद्ध रच्छन् ।

लीगवालाहरू ईस्लामी कट्टर कानुन तथा त्यसको मनलाग्दी अपव्याख्या अनुसार गैरमुस्लिम प्रायः भारतका हिन्दूको महिलालाई दुष्कर्म गरेर हत्या गर्न ‘धर्म’ ठान्छन् र भारतीय कानुनले जब त्यसलाई बलात्कार र हत्या भनी फांसी वा त्यसतै आई परे मुठभेडमा ईन्काउन्टर गर्छ अनि ओवैसी जस्ता नेताले उल्टै सुरक्षाबलमाथि कोर्टमा मुद्दाहाली छानविनको माग गर्छन् जबकि ईन्काउन्टर अघिसम्म सारा देश दुष्कर्मीहरू विरूद्ध देश बाल्दा यिनी चूप लाग्छन्, जस्तै भर्खरै करिब २ महिना अघि हैदरावादको तेलंगनामा भारतीय भेटेरिनरी हिन्दू डाक्टर प्रियंका रेड्डीलाई पहिला ४ जना मुसलमान केटाहरूले सुनसानमा स्कूटी किला फालेर पंक्चर गरिदिए र जब उनी अन्जानभई सहयोग मागीन् अनि बलात्कार गरि पेट्रोल छर्केर जलाए अनि ३६ किमि पर लगेर फालेको घट्नामा ओवैसीको शंकास्पद हर्कतहरू !

२६÷११ का भारतमाथि पाक आतंकी हमलावरलाई भारतीय कानुनले फाँसी दिंदा यीनीहरू सर्वोच्च अदालतमा वकालत गरे र हारेपछि ‘हत्या’ देखे र खुलेर भारतकै विरोध पाकको लयमा जनाए ! यी लीगवालाहरू जानीजानी जनसंख्या नियन्त्रण गर्न भनी सरकारलाई सघाउन परिवार नियोजन नगराउने र देशमा २ प्रतिशत जनसंख्या आफ्नो हुन्जेल चूपलगाएर बस्ने तर जब १६ प्रतिशत बढ्ने अनि हिन्दू र भारतविरूद्ध जेहाद छेडीकन मुस्लिममय विश्वव्यापी ‘थीम’मा चल्छन् । यसको विपरीतमा भारतमा मुसलमानको ठूलो जनसंख्या छ जो लीगको विचारमा छैनन् र आजाद धर्मनिरपेक्ष हिन्दूको लागि भएपनि हिन्दूस्थानमा रह्न आतंकबाट पर रहेर अति खुशी र भाग्यमान आफूलाई ठान्छन् । यी मुसलमानहरू ओवैसी, लालू, अखिलेश, सोनिया, अब्दुल्लाह तथा मुफ्तिका मुसलमानका भारतविरोधी कृयाकलापले आजित छन् भने बीजेपी वा अन्य शान्त दललाई सपोर्ट गर्छन् र भारतीय कानुन तथा नीतिहरूको स्वागत गर्छन् ।

यसै ढर्रामा आधारित कंग्रेस तथा विपक्षको सरकारले ल्याएका नयाँ कानुनहरू एनआरसी (नेशनल रेजिडेन्ट रजिष्ट्रेशन सर्टिफिकेट) र सिएए (सिटिजन एमेन्डमेन्ट ऐक्ट) माथि हाल गरिरहेका विरोध हो । यी विपक्षले बिजेपी सरकारलाई घेर्न कुनै तर्क, प्रमाण वा खोट भारतीय नागरिकबारे यी कानुनमा नभेटिएर आफ्नै तत्कालीन प्रम राजीव गान्धिले सन् १९८५ को अगस्त १५ तारिखमा गरेका एनआरसीबारे असम सम्झौता तथा प्रम मनमोहन सिंहले बंगलादेशमा रहेका हिन्दू अल्पसंख्यकको लागि भारतमा शरणार्थीको रूपमा आएकालाई नागरिकता दिने आजको सिएएबारे चर्चा नगरिकन जनतामा भ्रम फैलाईरहेका छन्, कतिपयलाई मृत्युवरण गराई दिए भने देशमा यी कानुनको विरोधमा एक राज्यबाट अर्को राज्यमा सुरक्षाबलमाथि पत्थराव गर्न तथा सरकारी सम्पत्ति तोडफोड गर्न दिनको रू ५०० ज्याला दिएर लगेका छन् जहाँ कम्तिमा १९ जनाले ज्यानपनि गुमाए भने सिसिटिभिका फुटेज अनुसार कोहि ५०० रूपैयाँका ‘कामदार’स्वयंले सरकारी वा जनताको सम्पत्ति तोड्ने वा जलाउनेको भर्पाई उ एक्लैले सात लाख वा बढीको घरघडेरी बेचेर भरिरहेका छन् । यसैमा भारतभरी करिब सातसय (७००) युनिवर्सिटि रहेका मध्ये विपक्षीद्वारा नराम्ररी मुछिएको शैक्षिक संस्थाहरू प्रमुखरूपमा दिल्लीको जवाहरलाल नेहरू युनिवर्सिटि (जेएनयु), जामिया ईस्लामिया तथा अलिगढ मुस्लिम युनिवर्सिटिहरू छन् ।

जेएनयु आज यी विपक्षी दलको राजनीति जोगाईदिन ‘टूल’को रूपमा लामो प्रयोगभएर पछिल्लो पटक एउटा रणमैदानमा गत ५ जनवरीमा परिणतभएको हो जुन दिन साँझ करिब साढे चार बजे युनिवर्सिटि क्याम्पस बाहिरबाट र त्यहींकै विद्यार्थीहरूपनि अचानक मास्कलगाएर रड्, हथौडा, डण्डासहित पसेर व्यापक तोडफोड र कूटपीट एकअर्कालाई गरेका छन् । जेएनयुमा करिब ४० प्रतिशत गरिब विद्यार्थी पढ्छन्, त्यहाँका विद्यार्थी सरकारबाट सबसिडि अन्तर्गत वर्षको करिब ३ लाख ४० हजार प्रति विद्यार्थी स्कलरशीप खान्छन् भने अति महंगो खाना र एसीमा त्यहीं होस्टेलमा बस्छन् । भर्खर गत १३ तारिखमा आएको ईन्डियन ईकोनोमिक्स (आईइसी)को नतिजामा ३२ मध्ये जेएनयुका विद्यार्थी एक्लैले १८ जनाले नाम निकालेका छन् ।

अतः हिजोको सेन्टर अफ ऐक्सेलेन्स तथा करिब १०६१ एकडमा दिल्लीको बीच मुटुमा करिब १ लाख करोड रूपैयाँको बजारभाउ रहेको जेएनयु (भारतको वर्तमान शिक्षा बजेटपनि यसभन्दा कम छ, केवल ९४ हजार करोड रूपैयाँ !)आज कंग्रेस तथा वामपन्थि क्याडर उत्पादन गर्ने फैक्ट्रीको रूपमा बदनामित छ ! सिएए तथा एनआरसी कानुनको विरोधमा विपक्षका प्रायः मिडियामा देखिएका राहुल गान्धि, सीताराम येंचुरी, वृन्दा करात, जेएनयुका पूर्व विद्यार्थी वाम अध्यक्षद्वय कन्हैया कुमार र गीता कुमारी, आप पार्टीका नेताहरू लगायत सबै पुगिसकेका छन् र बीजेपी सरकारलाई हरसम्भव जायज–नाजायज तरकीब निकालेर कहिले फिस बढाईएको त कहिले नयाँ कानुनको विरोध गर्न उनीहरूको पढाईबाहेक अन्यत्र ध्यान तानेर आगोमा होमिदिएका छन् ।

देशमा सयकडौं युनिवर्सिटिमध्ये केवल औंलामा गन्ति गरिने ४–५ वटामा मात्र किन सधैं अस्तव्यस्तता ? यो हो टड्कारो प्रश्न आज त्यहाँको । जेएनयुका लेफ्ट्बाट जीतेकी विद्यार्र्थी युनियन अध्यक्ष आयशा घोषपनि गत ५ जनवरीको घट्नामा अन्यसंगै घायल छिन् तर उनीसंगै बीजेपीको विद्यार्थी संगठन एबीभीपीका पनि धेरै घायल छन् भने घोषहरूलाई घट्ना अघि अन्य विद्यार्थीले राजनीतिले गर्दा सिमेष्टरको जाँचको लागि रजिष्ट्रेसन फाराम सामान्य तरिकाले भर्न नपाउंदा युनिवर्सिटि प्रशासनले औनलाईन माग्दा समूहमा मास्कलगाएर सर्भर डाउन गरेको तथा ५ जनवरीको घट्नामा एउटा ग्रुपको नेतृत्व गरेको आरोपमा दिल्ली प्रहरीले मुद्दा दायर गरेको छ भने अनुसन्धान अन्यको हकमा जारी नै छ ।

गत १३ जनवरीकै दिन जामिया ईस्लामियाका विद्यार्थीहरूले पनि गत डिसेम्बरको अन्तिमतिर नयाँ कानुनहरूको विरोध हिंसात्मक पत्थराव प्रहरीमाथि ज्यानै लिने जस्तो गर्दा परिसरभित्र प्रहरी पसेर लाठीचार्ज गर्दा विश्वविद्यालय थप्प पारेकामा भिसिले उनिहरूको सबै माग सामुमै आएर मानेपनि त्यहाँका विद्याथीहरूले अब ‘फीस बढोत्तरी समाधान भयो र पनि, जबसम्म नयाँ कानुनहरू सरकारले फिर्ता लिंदैनन्, हामीले परिक्षापनि नदिने र कक्षा लाग्नै नदिने’ हरेक टिभिहरूमा बताईरहेका थिए ! जेएनयु, जामिया, अलिगढ युनिवर्सिटिज्मा खुलेरै ‘भारत तेरे टुकडे होंगे ! पाकिस्तान जिन्दावाद ! हम छिन कर लेंगे आजादी !’ जस्ता नारा लाग्छन् ! अंग्रेज त सन् १९४६ मै गईसक्यो, अब कससंग कस्तो आजादी चाहियो ? यसप्रकार यिनीहरूको मुस्लिम लीगवाला भारत र साँच्चिकै अर्थको लिबरल हिन्दूत्वलाई जसरीपनि नामेटपारी पाक–चीनको आधिपत्य भारत र हिन्दूमाथि गराईदिने जसमा बीजेपी, एनडीए र अर्का उदार देशभक्त भारतीय मुस्लिमलाई यिनीहरूले बाटाका रोडा ठान्छन् !

उपसंहार

जेएनयु जस्तो सेन्टर अफ एक्सिलेन्स अब सेन्टर अफ वार अथवा पोलिटिक्समा परिणत हुनुभएन जसको बाछिट्टा न केवल भारतकै अन्य विश्वविद्यालयमा परिरहेका छन्, अपितु नेपाल, पाकिस्तानलगायतमा पनि परिरहेका छन् अर्थात् यहाँका विद्यार्थीहरूपनि पढाई कम तर राजनीति बढी गरिरहेका छन् । विद्यार्थीहरू कसैको पनि राजनीतिको मोहडा बन्नु हँुदैन र आफ्नो उद्देश्य पढाई र शैक्षिक जायज तात्कालीन् माग हो बुझेर देशकै सरकारको समानान्तरमा ओर्लनुभएन ।

भारतको बीजेपी–एनडिए सरकारलाई आजाद भारतपछिको स्वतन्त्र स्पिरिटको भव्य हिन्दूस्थान बन्न नदिन उनीहरूकको विरूद्धमा वामपन्थि कनेक्सनमा जानीजानी जेएनयुका प्रोडक्टहरूले यहाँ नेपालका विभिन्न कथित् राष्ट्रिय दैनिकहरूमा बकायदा लेखहरू लेखेर फाँसीवादी सावित गर्न लागिपरेका छन् जुन ईतिहास नबुझेर कलुषित मनसायले लिखिएका भारतविरूद्धकै षड्यन्त्रको रूपमा, नेपाल पञ्चशीलको सिद्धान्तमा चल्नुपर्छ मान्नेहरूले, लिन्छन् ।

यसले नेपालका ती लेखक तथा उनीहरूलाई स्थान दिने मिडिया र जमात्हरू सेक्युलर भारतको नभई भारतविरोधी ताकतको रूपमा परिभाषित गरिदिएको छ । नेपाल सरकारले हामी केहि लेखकले काउन्टरमा दिएको लेखले पनि कम्तिमा ती लेखकहरू नेपालका ‘स्थापित लेखक स्थापित दैनिक र साप्ताहिक’मा छाएकाहरूलाई बेलैमा लगाम् नलगाए भोली जसलाई यी हर्कत्हरूले असर परिरहेको छ, यदि त्यो देश र उसको जनता र सेनाले समग्रमा नेपालविरूद्ध नै के गर्लान् भनी बेलैमा सोच्नु अपरिहार्य देखिन्छ ।

(लेखक पाटन संयुक्त क्याम्पसमा प्राध्यापनरत् छन्)