• केशव पाठक

बसन्त गाैतमले व्यवसायिकरूपमै फाेटाे खिच्नका लागि क्यामरा चलाएकाे २५ वर्ष पुग्याे । एउटै कामका लागि दिइने याे अबधि निकै नै परिश्रमी र धैर्यवान मानिन्छ । नेपालजस्ताे हरेक ५ वर्षमा पेशा परिवर्तन गरिने भनेर चिनएकाे समाजमा बसन्त गाैतमले फाेटाेग्राफीमा बिताएकाे याे २५ वर्ष कति संघर्षपूर्ण थियाे अनुमान लाउन सकिन्छ  उनी बताउन । “यी वर्षहरुमा मैले गरेका काम र कामबाट प्राप्त बिभिन्न पक्ष मेरा लागि अति मूल्यवान छन् यसलाइ म संघर्षपूर्ण रह्याे भनेर सामान्यिकरण गर्न चाहन्न । याे मेरा लागि अति विशिष्ट र आनन्दायी वर्ष थिए ।”

फागुण १२ गते सामाजिक सन्जाल फेशबुकमा गाैतमले वैवाहिक फाेटाेग्राफी गरेकाे २५ वर्ष पुगेकाे कुरा शेयर गरे । २५ वर्षअघि प्रेम थापाकाे विहेकाे फाेटाे खिचेर व्यवसायिकरूपमा आफूले वैवाहिक फाेटाेग्राफी सुरू गरेकाे उनले स्मरण गर्दै लेखेका छन्,  “समय बितेको पत्तै नहुँदो रहेछ भनेको हो नै रहेछ ।  मैले फोटोग्राफी सुरुगरेको पनि आजैदेखि २५ औं वर्ष लागेछ ।”

काठमाडाैँकाे बाँसबारीमा स्थायी घर भएका बसन्त गाैतम उमेरकाे ५० औँ बसन्तमा चलिरहँदा पनि फाेटाेग्राफीमा व्यस्त छन् । फाेटाेग्राफीबाटै वर्षमा ५-७ लाख सजिलै कमाउँछन् । मितव्ययी स्वभावका गाैतम जति सरल छन् त्यति नै कामप्रति इमान्दार छन् । फाेटाेग्राफी क्षेत्रका दिग्गजदेखि न्युकमरसम्म उनका साथी छन् । कति उनका चेला नै उनका साथी भएका छन् । वेडिङ फाेटाेग्राफीकाे अलावा उनी डकुमेन्ट्री बनाउनमा पनि सक्रिय छन् । नेपाल सरकारका केही महत्वपूर्ण डकुमेन्ट्रीसमेत उनले छायाँकन गरेका छन् ।

गाैतमले १-२ ठूलाे पर्दाकाे चलचित्र छायाँकन गरेका छन् भने म्युजिक भिडियाे पनि खिचेका छन् । पछिल्ला दिन उनी वेडिङ फाेटाेग्राफीकाे अलावा सर्ट फिल्म बनाउन घाेत्लिएका छन् । “एउटा सन्देशमूलक तर सांस्कृतिक पृष्ठभूमिकाे सर्ट फिल्मकाे काम केही दिनमै सुरू गर्दैछु ” गाैतमले भने, “क्यामरा चलाउन थालेकाे २५ वर्ष पुगिसक्दा बटुलेका बिभिन्न अनुभूति तथा अनुभवलाइ अब सबैलाइ देखाउन पर्छ भन्ने लागेकाे छ ।”

२५ वर्षअघि रिलवाला एनलग क्यामरा लिएर फाेटाेग्राफीमा छिरेका गाैतमले अहिले अत्याधुनिक प्राेफेसनल क्यामरा चलाउँछन् । सँधै निकाेन कम्पनीका क्यामरा मात्र चलाउने गाैतमले आफ्ना फाेटाेहरूमध्येबाट विशिष्ट लागेका फाेटाेहरुकाे प्रदर्शनीका बारेमा साेचिरहेकाे बताए ।