बुढानिलकण्ठ नगरपालिकाभित्र पर्ने नाैलिङ्गेश्वरी भद्रकाली मन्दिरलाइ पाैराणिक तथा शक्तिशाली देवीकाे रूपमा लिइन्छ । यस भद्रकाली मन्दिरलाइ जति दैविक महत्वकाे रूपमा लिइन्छ त्यति नै तान्त्रिक महत्व पनि गाँसिएकाे छ । यस मन्दिर प्रशिद्ध रूद्रमती नदीकाे किनार तथा सांस्कृतिक नेवार बस्तीसँग सम्बन्धित भएर रहेकाे छ ।

नाैलिन भद्रकालीकाे रूपमा चिनिने यस मन्दिरसँग दुइवटा घाट रहेकाे छ । रूद्रमती किनारमा रहेकाे यस घाटमा नेवार जात विशेषले अन्तेष्टी गर्दै आएका छन् । यही घाटलाइ व्यवस्थित गर्ने प्रयास स्वरूप मन्दिरकाे दक्षिणी भागमा पार्कसहित घाट व्यवस्था भैरहेकाे छ । याे तस्वीरमा घाटसहित बनिरहेकाे पार्क देख्न सकिन्छ । आगामी एक महिनाभित्र कलात्मक मूलढाेकासहित पार्क र घाट बनिसक्ने बताइएकाे छ । (प्रकाशनपछि केही वाक्य सच्याइएकाे)