• सन्ताेष लुइँटेल

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा )को एकता प्रक्रिया करिब अन्तिम चरणमा पुगेको छ। यसै सन्दर्भमा जिल्ला कमिटीहरुको एकता प्रक्रियासँगै नगर तथा गाउँ कमिटीहरुको एकता प्रक्रियासमेत सकिन लागेको छ । यसै क्रममा केही समय अगाडि नेकपाको बुढानिलकण्ठ नगर कमिटीलाई समेत जिल्ला कमिटी काठमाडौले पूर्णता दिइसकेको छ ।

बुढानिलकण्ठ नगर कमिटीमा तत्कालीन एमालेबाट ४९ तथा माओवादी केन्द्रबाट ३० जना गरि ७९ जनाको कमिटी गठन गरिएको छ । यो कमिटी गठनसँगै तथा गठनपश्चात विभिन्न कोणबाट बहस र चर्चा चलिरहेको छ । तत्कालीन कपन गाबिससहित ६ वटा गाविस मिलेर बनेको बुढानिलकण्ठ नगरपालिकामा धेरै मानिसहरूको चासो र संलग्नता हुनु स्वाभाविक नै हो । त्यसमाथि जनसङ्ख्याको हिसाबले नेपालकै सबैभन्दा ठूलो नगरपालिका भएर पनि यसमा नेतृत्वको अपेक्षा र हानथाप हुनु पनि जायज नै मान्नुपर्छ ।

धोबीखोलालाइ सिमाना मानेर वारी र पारीको चर्चा गर्दैगर्दा कपनवासीहरुले खोलापारीबाट वारी कहिल्यै नेतृत्व आउन दिदैनन् भनेको सुनिन्छ ।निर्णायक मोडमा पारिकाहरु जहिले पनि मिल्ने र कपन चुनिखेलमा खास नेतृत्व विकास हुन दिदैनन भन्ने चर्चा समेत बर्शौ देखि चलिरहेको छ।

क्षेत्र न ४ मा गुटका कुरा

काठमाडौ क्षेत्र न ४ मा तत्कालीन अबस्थामा नेकपा एमाले रहँदा गुट उपगुटको खासै विकास हुन सकेको थिएन । भए पनि ती क्षणिक र अधिबेशन केन्द्रित मात्र थिए । पछिल्लो क्षेत्रीय अधिबेशन तथा भोटिङले गुटको जरानै बसाइदिएकाे छ । कुशुम कार्की, धुर्ब न्यौपानेलगायतको एक प्यानल माधव नेपाल गुट बनेर चर्चित भयो । त्यसको दुरगामी प्रभाव हालसम्म परिनै रहेको छ। के. पि . ओली गुट भनेर प्रचार गरिने संस्थापन समूह काठमाडौ जिल्लामा हावी छ । त्यसको प्रभाव बुढानिलकण्ठ नगरपालिकामा नि परेकाे देखिन्छ ।

बुढानिलकण्ठमा शक्तिशाली र पुरै हाबी देखिने संस्थापन ओली समुहको अलवा कुसुम कार्की, धुर्व न्यौपाने तथा हरिराम ढुंगानाहरुसहितको माधव नेपाल समूह अस्तित्वमा छ । क्षेत्रीय निर्वाचनको आधार मान्ने हो भने योबाहेक अन्य धेरै नेता तथा कार्यक्रतासमेत यो समुहमा रहेको अड्कल गर्न सकिन्छ । तर यो समूह पार्टी विधि र पद्धति संचालित हुनुपर्ने भन्दै गुटगत स्वार्थ र समूह बिभाजन तिर आफुहरु नलागेको बताउँछ।

धुर्व न्यौपानेका कुरा

तत्कालीन कपन गाविसको ३ पटक एकल गाउँ कमिटी अध्यक्ष बनेका धुर्व न्यौपाने क्षेत्र न ४ को सचिव पनि निर्बाचित भएका थिए ।काठमाडौ जिल्ला खेलकुद बिकास समितिको अध्यक्ष बनेपश्चात माधब नेपाल समूह सँग अझ निकट बनेका उनी बुढानिलकण्ठ क्षेत्रका सशक्त युवा नेतृत्वका रूपमा परिचीत छन् । हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) का काठमाडौ जिल्ला सदस्य रहेका उनी
बेला बेलामा पार्टी नेतृत्वको शैली को विरुद्ध खरो उत्रीरहेका हुन्छन् ।

काठमाडौ जिल्ला कार्यालयले बुढानिलकण्ठ नगर कमिटी अनुमोदनसहित घोषणा गरेपछि फेरि उनी बिरोधी आवाजको रूपमा चर्चित छन् । यसै सन्दर्भमा उनले आफ्नो फेसबुक वालमा नगर कमिटी गठनको बिषयमा कडा टिप्पणी गरेका छन् । अन्यायको सीमा नाघेको, बरिष्ठता मुल्यांकन नभएको, मापदण्ड नबनाई हनुमानगिरीलाई प्रसय दिएको भन्दै पृथ्वी गोलो रहेकोले बिचार गर्न कडा चेतावनी दिएका थिए । पार्टीको जिम्मेवार मान्छेले उठाएको आवाज सही फोरममा नभएको भन्दै यसको आलोचना पनि भएको छ।

धुर्वकाे असन्तुष्टि के मा  ?

नगर कमिटी चयन गर्दा विधि प्रक्रिया तथा मापदण्ड बिनानै गरिएको उनले गम्भीर आरोप लगाएका छन् । पटक-पटक क्षेत्रीय कमिटीमा काम गरिसकेका, पार्टीलाई विशिष्ट योगदान पुर्याएका सक्षम नेतृत्वलाई नगरमा चयन गरिनुपर्ने उनी बताउँछन् ।नगरपालिकामा पार्टीले व्यापक बिजय प्राप्त गरेपश्चात जनप्रतिनिधिहरुको लोकप्रियता घट्दै गएको परिस्थति यसलाइ व्यवस्थापन तथा जनप्रतिनिधिलाई उर्जा प्रदान गर्नसमेत विधिसहितको पार्टी तथा सक्षम नेतृत्व चाहिने उनको तर्क छ ।

हाल नगर कमिटीमा चयन भएका व्याक्तिहरुप्रति आफ्नो कुनै गुनासो नभएको उनले बताए । यति धेरै जिल्ला कमिटीमा प्रतिनिधित्व गर्ने व्यक्तिहरु बुढानिलकण्ठमा भए पनि सामन्य छलफल तथा सम्बाद समेत नगरिएको उनको गुनासो छ । पार्टीमा योगदान पुर्याएको आधारमा मुल्यांकनको सट्टा हनुमानगिरी गर्ने, गणेश प्रवृत्ति भएका व्याक्तिहरुले अबसर पाउन थालेकोमा चित्त दुखेको उनी बताउँछन् ।

क्षेत्रीय निर्वाचनमा सबैभन्दा धेरै भोट ल्याएर जित्नेको नाम नभएको तर मतदाता नामावलीमा नामसमेत नभएका ब्याक्तिसमेत सदस्य बनेको उनको आरोप छ । पार्टीका पुराना तथा नगर कमिटीमा पर्नुपर्ने धेरै सशक्त तथा पुराना साथीहरू माथी अन्याय भएको न्यौपाने दावी गर्छन् । ‘उहीँ कमिटीको कोहि बनेको छ, कोहि छैन’ भन्दै उनी थप्छन् ‘न कुनै वरिष्ठताको कुरा छ न कार्यकालको, हनुमानगिरि गर्नेले मात्र पहिलो अबसर पाए ।’ कतिपय वडामा नगरका प्रभावशाली मानिएका व्याक्तिका भाइ भतिजाहरुसमेत नेतृत्वमा ल्याइएको भन्दै नाताबाद र कृपावादले पार्टी अधोगति तिर लाग्ने उनी बताउँछन् ।

वडा न ११ को अध्यक्षमा फेरी किन हरिराम ढुंगाना

हरिराम ढुंगाना लामो समयदेखि कपन तथा बुढानिलकण्ठको सामाजिक एबम राजनीतिक बृतमा परिचीत युवा नाम हो ।खरो स्वाभाव तथा स्पष्ट वक्ताको रूपमा परिचीत मात्र नभै बिषयवस्तुको बारेमा राम्रो जानकारी राख्ने ढुंगाना तत्कालीन कपन गाउँ कमिटीका सचीव पनि थिए  । बुढानिलकण्ठ नगरपालिका बनेपछि पार्टीको वडा न ११ को पटक पटक वडाध्यक्ष बनिसकेका छन् । यसपटक उनले आफू वडाध्यक्ष नबन्ने र अन्य साथीहरुलाइ अबसर दिएर नगर सदस्य बन्ने चाहना राखेका थिए ।

पार्टीका जिल्ला तथा नगरस्तरीय सबै जिम्मेवार नेताहरु सम्म कुरा भैसकेको थियो तर यसपटक पनि उनलाई नै पार्टीले वडाध्यक्षको जिम्मेवारी दिएको छ । माधव नेपाल समुहको व्याक्ति भनेर चिनिने हुनाले पनि उनलाई वडामा नै सिमित राख्ने र नगर कमिटीमा जान रोक्ने प्रपन्च गरिएको अनुमानसमेत गर्न सकिन्छ । भबिष्यमा हुने नगर अधिबेशनमा पदाधिकारी दावी गर्ने हुनाले उनलाई वडामा नै सिमित पार्ने षड्यन्त्र भएको हुनसक्ने जानकारहरु बताउँछन् । ढुंगानालाइ खुच्याउन कपन क्षेत्रका केही पार्टी व्यक्तिहरुसमेत संलग्न रहेको सहज अनुमान गर्न सकिन्छ ।

‘किन खुशी छैनन् ध्रुवराज’शिर्षकको लेखको कुरा

कपन क्षेत्रमा संचालित एक स्थानीय अनलाइनमा ‘किन खुशी छैनन् ध्रुवराज ‘ शिर्षकमा एउटा बिचार प्रकाशित भयाे । उनको फेसबुकको वालमा पोष्ट गरिएको स्टाटसलाई लिएर धेरै व्यक्तिको नाम जोडेर किन खुशी छैनन भनी प्रश्न गरेका छन् लेखकले । लेखमा साथै क्षत्रीय कमिटीको सचीव निर्बाचित हुँदा बरिष्ठता मिचेर नै धुर्बराज सचीव बनेको बताउन खोजिएको छ । यस सन्दर्भमा न्यौपाने भन्छन् ‘मैले पार्टीको विधि प्रक्रिया तथा मापदण्डको कुरा उठाएको हु । जिल्ला कमिटी, नगर कमिटी वा अन्य कुनैकमिटीको बैठक समेत नबस्ने, छलफल गर्ने वातावरण कतै नभएपछि सामाजिक संजालमा नलेखेर कहाँ लेख्ने कहाँ ?’ भन्ने उनी प्रतिप्रश्न गर्छन् ।

क्षेत्रीय कमिटीमा निर्बाचित भएर आएको र त्यसमा कार्यकर्ताले भोट हालेर जिताएको कुरा बुझ्नसमेत उनले चेतावनी दिएका छन् ।आफ्ना सहकर्मी साथीहरूले जिम्मेवारी पाउँदा खुशी लागे पनि पार्टी पथभ्रष्ट बन्दै गएकोमा ठुलो पिडा रहेको उनी बताउँछन् । आफैंले हिजोदेखि मायाले हुर्काएर, सिकाएर पार्टीमा हिँडाएकाहरुनै पत्रकारको नाममा आफ्नो खिल्ली उडाउन लागिपरेको देख्दा मनमा चिसो पसेको उनले बताए ।सँधै एउटै परिस्थित नरहने भन्दै उनले सबैलाई बिचार पुर्याएर लेख्न र बोल्न अनुरोध पनि गरे  ।

अन्त्यमा , लामो समय पश्चात बुढानिलकण्ठ नगरपालिका तथा वडाहरुले नयाँ नेतृत्व पाएका छ । अब सम्पुर्ण रुपमा पार्टी एकता टुङ्गोमा पुग्न पूर्ण कमिटीहरु बन्न बाँकी छ । हाल गठित कमिटीहरुले कस्तो भूमिका निर्बाह गर्छन् भन्ने कुराले पार्टी एकताको जगलाई पनि बलियो बनाउने छ । अनि धुर्ब राज न्यौपानेहरुका आवाजहरु कति बुलन्द रहेछन् भन्ने थाहा पाउन सकिने छ ।