काठमाडाैँकाे बुढानिलकण्ठ-१३ मा केही वर्षदेखि संचालनमा आइरहेकाे सुवर्णपुर कृषि फार्मले नमूना कृषिमा काम गरिरहेकाे छ । स्थानीय चुनिखेलचाेकबाट करिब एक किलाेमिटर पूर्वाेत्तर दिशामा रहेकाे सुवर्णपुर कृषि फार्ममा खासगरी गाइपालनमा परिचित छ । केही वर्षअघि बाख्रापालन गर्ने भनेर डेढ दर्जन अगुवा व्यक्तिहरू मिलेर स्थापना गरिएकाे सुवर्णपुर कृषि फार्मकाे स्थापनाका लागि सुवर्णपुर सहकारीकाे भूमिका रहेकाे छ । सुवर्णपुर कृषि फार्ममा सहभागिहरू सुवर्णपुर सहकारीकै सन्चालकहरूमध्येका व्यक्तिहरू हुन् । अरूणसिंह बस्नेतकाे अध्यक्षता रहेकाे सुवर्णपुर फार्ममा विमल हाेडा, महेन्द्र श्रेष्ठ, रवि मान्धर, सुमन श्रेष्ठ, अरूण श्रेष्ठसहित प्रदेश सभा सांसद न्हुच्छेनारायण श्रेष्ठलगायतकाे लगानी छ ।

बाख्रापालन राम्ररी नफस्टाएपछि सुवर्णपुर कृषि फार्मले गाइपालनमा आफूलाइ फाेकस गर्याे । यतिखेर ३ दर्जन गाइ फार्ममा रहेका छन् भने दैनिक १५० लिटर भन्दा धेरै दुध घरघरमा पुर्याइन्छ । गाइपालनसँगै नयाँ प्रबिधिकाे तरकारी खेती तथा ट्राउट माछापालनमा यस फार्मले नमूना काम गरिरहेकाे छ । यहाँ पानीमा तरकारी फलाइने प्रबिधिमा सागलगायत बिभिन्न तरकारी खेती भैरहेकाे छ भने कृतिम पानी बहावमा ट्राउटमाछा पालिएकाे छ । यी तरकारी र ट्राउट माछापालन विश्वस्तरीय नयाँ प्रबिधि हाे ।

गाइपालन, तरकारी तथा माछापालनसँगै सुवर्णपुर कृषि फार्मले कालिजपालनलाइ अगाडि बढाएकाे छ । कालिजलाइ मासु खानकाे लागि उपयेाग गर्ने हिसाबले पालन गर्न लागिएकाे सुरू भएकाे कालिज पालनकाे पहिलाे वर्ष फार्ममा ३०० काे हाराहारी कालिज पालिएकाे छ । यतिखेर कालिज खानयाेग्य भएकाे छ । फार्ममै ह्याचिङ मेसिन राखेर कालिज पालन गर्न् तयारी गरिरहेकाे सुवर्णपुर कृषि फार्मले उत्पादन गरेकाे कालिजलाइ मासुखानका लागिमात्र उपयाेग गर्छ । यस फार्मले कालिज जिउँदाे बेच्न वा पालन गर्नकाल लागि भने स्वीकृति लिएकाे छैन । त्यसैले फार्मले फार्म परिसरमा कालिज खान चाहनेका लागि किचेनसहित हलकाे व्यवस्था गरेकाे छ । कालिज खाँदै विकेन्ड मनाउने वा पिकनिक गर्न चाहनेहरूलाइ याे व्यवस्थाले सजिलाे भएकाे छ ।

यसरी कृषिमा लगानी गरेकाे करिब ८ वर्षमा पनि   फार्मले उल्लेख्य आम्दानी वा नाफा भने गर्न सकेकाे छैन । नमूना काम गरेर उत्साह उत्पन्न गर्न शुरू भएकाे कालिजपालनबाट सुवर्णपुर कृषि फार्मले धेरै ठूलाे आशा तथा भरेासा राखेकाे छ ।