काठमाडाैँकाे उत्तरीभेकबाट प्रकाशित हुने पूरानाे साहित्यिक पत्रिका शिवपुरी सन्देशकाे नयाँ अंकका लागि रचनाहरू जुट्दै गरेकाे प्रकाशक तथा सम्पादक वियाेगी बुढाथाेकीले जानकारी गराएका छन् । बुढानिलकण्ठ नगरका स्रष्टाहरूकाे बिस्तृत जानकारी दिँदै  उनीहरूकाे रचना प्रकाशित गर्ने तयारीका साथ शिवपुरी सन्देशकाे ८८ औँ अंक प्रकाशित गर्ने तयारी गरिरहेका बुढाथाेकीले साे जानकारी गराएका हुन् ।

बुढानिलकण्ठका स्रष्टाहरूकाे अभिलेखिकरण तथा उनीहरुकाे बारे जानकारी दिने हिसाबले प्रकाशित गरिन लागेकाे साे अंक २०७७ सालकाे नयाँवर्ष अङ्क हुनेछ । साे अंकका लागि बिभिन्न स्रष्टाहरूले सम्पर्क गरेकाे तथा रचनाहरू दिइरहेकाे सम्पादक बुढाथाेकीले जानकारी दिएका हुन् । आफ्नाे सामाजिक सन्जाल फेशबुकबाट जानकारी गराउँदै बुढाथाेकीले २८ जना स्रष्टाहरुकाे नाम सार्वजनिक गरेका छन् ।

नगरका बाँकी सबै स्रष्टाहरूलाइ सम्पर्क गर्न अनुराेध गर्दै बुढाथाेकीले सार्वजनिक गरेका नामहरूमा आचार्य गाेविन्द शर्मा उपाध्याय, ओमप्रसाद काेइराला, केशब पाठक, गंगा कर्माचार्य पाेडेल, डा. दिनबन्धु शर्मा, दुर्गा अधिकारी भमरकाेटे, टंकबहादुर बजगाइ, ढुण्डीराज मरासिनी, तिलकप्रसाद लुइँटेल, थरेन्द्र बराल, ध्रुब खनाल, नरप्रसाद धिताल, निवन्ध आचार्य, प्रदीप प्रधान, बलदेबराज महत, बालकृष्ण दाहाल बिकेडी, बुध्दिराज पाण्डे, महादेव अधिकारी, मायादेबी शर्मा, मुकुन्द शर्मा चालिसे, डा.रामप्रसाद ज्ञवाली, लेखप्रसाद निरालाै, विनाेद दाहाल वत्स, विसुकुमार के.सी, डा. विष्णु के.सी, डा. सुनिल बुढाथाेकी, हाेमशंकर बाँस्ताेला र त्रिलाेचन आचार्य रहेका छन् । 

फेशबुकमा  कतै तपाइँ छुट्नु भयाे कि ? भनेर प्रश्न गर्दै बुढाथाेकीले आफ्नाे जानकारी तथा रचना पठाउन [email protected] सम्पर्क गर्न अनुराेध गरेका छन् ।