कवि तथा पत्रकार मणि लोहनी नयाँ कविता संग्रह ‘मृत्युको अघिल्तिर’ लिएर साहित्य बजारमा आएका छन् । कवि लाेहनीले आफ्नाे छैठाैँ कृति लिएर बजार आउने क्रममा गत फागुन १६ गते  नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के.के. कर्माचार्य, कवि श्यामल, सुलोचना मानन्धर र विप्लव प्रतीकले विशेष कार्यक्रमबीच ‘मृत्युको अघिल्तिर’ सार्वजनिक गरेका हुन् ।

जीवनका बिबिध आयामलाइ दर्शाउने लेखनमा तल्लिन मणि लाेहनीकाे नविनत कविता संग्रहलाइ शिखा बुक्सले बजारमा ल्याएको हाे । लामाे समयदे्खि टेलिभिजन पत्रकारितामा सम्बन्धित रहेका लाेहनीले  भानुमोति पुरस्कार २०५८, सर्वोकृष्ट कथा पुरस्कार २०६३, युवावर्ष मोति पुरस्कार २०६८, शतिसचन्द्र रेग्मी अतुल स्मृति पुरस्कार २०६९, ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार २०७४, बनिताश्री काव्य पुरस्कार २०७५ गरी आधा दर्जनभन्दा धेरे पुरस्कार तथा सम्मान पाइसकेका छन् ।

प्रज्ञा भवनमा विमाेचित लाेहनीकाे मृत्यूकाे अघिल्तिर पुस्तककाे विमोचन गर्दै कवि श्यामलले मृत्युको अघिल्तिर सामाजिक धरातलमा उभिएर लेखिएका राजनीतिक चेत र जीवन दर्शनका कविताहरु रहेको बताएका थिए । कार्यक्रमलाइ सम्बाेधन गर्दै कवि सुलोचना मानन्धरले मणिका कविताले मानवीय सम्बन्ध र मनोदशालाई उजागर गरेको बताइन् । त्यसैगरी कवि तथा गीतकार विप्लव प्रतीकले मृत्युको अघिल्तिर पछिल्लो समयको बेजोड कविता भएको बताए ।

कार्यक्रममा कवि तथा चलचित्र निर्देशक राजेन्द्र शलभ, पत्रकार बबिता बस्नेत, कवि रुपेश श्रेष्ठ र कवि ठाकुर बेल्वासेले मृत्युको अघिल्तिरका कवितालाइ वाचन गरेका थिए ।