• केशव पाठक

कपनलाइ अव्यवस्थित बस्तीकाे अलावा ह्यान्डबल मैदान र बगलामुखी मन्दिर र गुम्बाका कारण चिनिन सजिलाे हुन्छ । पछिल्ला वर्षहरूमा हिलाे, धुलाे तथा बाढीग्रस्त ठाउँकाे पर्याय बनिरहेकाे कपन बेलाबेलामा चर्चाकाे उत्कर्षमा रहने गर्छ । साविक कपन गाविसका एक पूर्व अध्यक्षले आफूले कपनलाइ जापान बनाएकाे भनेपछि कपनकाे असरल्ल अबस्थालाइ जापानसँग तुलना गरेर ती पूर्व गाविस अध्यक्ष सम्झेर मरिमरी हाँस्नेहरू पनि भेटिन्छन् ।

सन्दर्भ कपनमा रहेका ह्यान्डबल मैदानकाे हाे । कपन हुनुकाे पर्यायवाची भैसकेकाे ह्यान्डबल मैदान सदैव राजनीति गर्ने अखाडा बन्ने गरेकाे छ । याे मैदानकाे चर्चा जति छ यसकाे अबस्था भने बिल्कुल भिन्न छ । एउटा शाैचालयसम्म नभएकाे ह्यान्डबल मैदान स्थानीय राजनीति गर्नेहरूकाे आमसभा गर्ने ठाउँभन्दा माथि कहिल्यै हुन सकेन । यदाकदा नगरपालिकाकाे खेलकुद बजेटमा चलखेल गर्न पाउँदा हुने फुटबल खेल हुनु नै यहाँकाे खेल गतिबिधि हाे । ह्यान्डबल खेल त याे मैदानमा खासै भएकाे सुन्न नै पाइन्न । बरू फिल्म सुटिङ, माेटर साइकल एक्सचेन्ज कार्यक्रम तथा चर्चका कार्यक्रम भने यहाँ बेलाबखत देख्न पाइन्छ ।

त्यसाे त ह्यान्डबल भन्ने खेलकाे त्यस्ताे उँचाे नाम नेपालमा छैन । कपनमै स्थानीय राजनीति गर्ने एकहुल मान्छेहरू ह्यान्डबल एसाेसियसनमा हालीमुहाली गर्छन् । पूर्व गाविस अध्यक्ष रहेका मिठाराम अधिकारी, नेकाकाे राजनीति गर्ने रामकृष्ण केसी ह्यान्डबलकाे केन्द्रिय पदाधिकारी हुन् ।

याे ह्यान्डबल मैदानलाइ बहुआयामिक स्टेडियम बनाउने भनेर डेढवर्षअघि एक याेजना ल्याइएकाे थियाे । कपन ह्यान्डबल पूर्वाधार विकास समिति नामकरण गरिएकाे समितिले यसलाइ बनाउने भनेर नगरपालिकाले ३ कराेड रूपैँया दिने भनेर हल्लाखल्ला गरिएकाे थियाे । नगरप्रमुख उद्धव खरेलले उत्साहित भएर पैसा दिन्छु भने भनेर कपन हल्लिएकाे थियाे ।

पूर्वाधार विकास समितिमा ठूलाे पैसा आउने भने पछि समितिमा पनि ठूलाठूलाहरू हालिमुहाली गरे । उनै कपनलाइ जापान बनाएँ भन्ने ह्यान्डबल एसाेसियसनका केन्द्रिय काेषाध्यक्ष मिठाराम अधिकारीले कपन ह्यान्डबल पूर्वाधार विकास समितिकाे अध्यक्ष पड्काए । उपाध्यक्ष पद एसाेसियसनका उपाध्यक्ष नै रहेका नेका स्थानीय नेता रामकृष्ण केसीले लिए । सचिव बने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रहेकाे नेकपा युवा नेता ध्रुवराज न्याैपाने । अनि काेषाध्यक्ष भए जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष रहेका युवा नेका नेता बद्रि दामाेदर भट्टराइ ।

डेढवर्ष भैसक्दा पनि याे वहुआयामिक तथा कपन खाएका व्यक्तित्वहरूले भरिएकाे समितिले माखाे मारेकाे छैन । गतवर्ष नगरपालिकाले छुट्याएकाे रकम याे समितिले खर्च नै गर्न नसकेर ल्याप्स भएकाे हल्ला छ । याे वर्ष पनि बजेट परेकाे तर ल्याप्स हुने अबस्थामा पुगकाे बताइन्छ । बुढानिलकण्ठ नगरका मेयर खरेल तथा उनका हितैषीले खाेलापारी कपनमा विकास भएकाे हेर्न नचाहेर बजेटकाे काम गर्न नसकेकाे भनेर कपनतिर हल्ला चलाइएकाे छ । यसरी पैसा दिने भनेर नदिने खेल वा काम हुन नदिने खेलमा नगरपालिकाका प्रमुख सल्लाहकार सुन्दर पुर्काेटीलाइ पनि मुछिएर कपनतिर हल्ला गरिएकाे देखिन्छ । मेयरले स्टेडियम बनाउनलाइ माटाे परीक्षण गर्नसम्म दिएनन् भनेर पनि हल्ला चलाइकाे छ ।

यी हल्लाहरू कति आधार कति निराधार समयले बताउला तर ६ महिना अघि पूर्वाधार विकास समितिका एक सदस्य राजुविक्रम थापाले समितिले काम गर्न नसकेकाे भन्दै राजिनामा दिए । अध्यक्ष मिठाराम अधिकारीले थापाकाे राजिनामा स्वीकृत भने नगरेकाे बताइन्छ । यसैबीच यसैहप्ता अर्का एक सदस्य प्रज्वल थापाले समितिले काम गर्न नसकेकाे भन्दै राजिनामा दिएका छन् । राजिनामा दिएर आफ्नाे सामाजिक सन्जाल फेशबुकबाट पनि सार्वजनिक गर्दै थापाले लेखेका छन्, “सहयाेग असहयाेग गर्ने सबैमा धन्यवाद । काम पनि कहिल्यै नगर्ने अरूलाइ त झन् गर्नै नदिने तपाइँहरूकै जय हाेस् । राजनीति गर्ने ठाउँ भएकाे गरिखानुस् बाँचुन्जेलसम्म ।”

निकै कडा आशयमा गरिखानुस् बाँचिन्जेलसम्म लेखेका थापाले आफ्नाे स्टाटसलाइ मिठाराम अधिकारी, ध्रुवराज न्याैपानेलगायत नगरप्रमुख उद्धव खरेल र वडाध्यक्ष नवराज भट्टराइलाइ पनि ट्याग गरेका छन् । प्रज्वल थापाले गरिखानुस् बाँचिजेन्जसम्म भनेर कसलाइ भने भन्ने प्रश्न पनि चर्चाकाे विषय बनेकाे छ । गरिखानुस् बाँचिन्जेलसम्म भन्ने थापाकाे भनाइ ह्यान्डबलका नाममा मात्र हैन जसरी पनि जुनसुकै ठाउँमा अध्यक्ष नै बन्नु पर्ने धारणा भएका मिठाराम अधिकारीप्रति लक्षित हाे अरूतिर पछि थाहा हाेला । प्रज्जवल थापाकाे कटाक्ष ह्यान्डबलका नाममा मुठ्ठिभरका व्यक्तिहरूले नियमितरूपमा भजाउने तथा गरिखाने प्रवृत्तिप्रति लक्षित देखिन्छ ।

कपनकाे शान बन्नु पर्ने ह्यान्डबल मैदानलाइ यसरी असरल्ल बनाउन पूर्वाधार समितिमा बसेकाहरूकै मूख्य हात देखिन्छ । उनीहरूले राजनीतिक दाउपेच तथा सस्ता लाभभन्दा माथि उठेर काम गर्न चाहे वा सके भने याे मैदान बुढानिलकण्ठ नगरपालिकाकै शान बन्न सक्नेछ ।