• केशव पाठक

काठमाडाैँकाे बुढानिलकण्ठमा ६ वर्षअघि शिलान्यास भएकाे शुवर्ण शमशेर अन्तराष्ट्रिय क्रिकेट मैदानकाे निर्माण प्रकृया  सुस्तमात्र हैन बन्द अबस्थामा रहेकाे छ । याे निर्माण प्रकृया बिरबलकाे खिचडी जस्ताे कहिल्यै बनिनसक्ने पाे हाे कि भन्ने हिसाबले चलिरहेकाे छ । बुढानिलकण्ठ- १३ काे गाम्चामा बन्ने भनिएकाे यस क्रिकेट मैदान बनाेस् भनेर पछिल्ला समय लगातार संचारमाध्यमले गरेका प्रयासलाइ यस क्रिकेट मैदान निर्माण समिति, स्थानीय नगरपालिका तथा संघीय सांसदले खासै महत्व दिएकाे देखिदैन । मैदान निर्माण गर्ने समितिका अध्यक्ष ध्रुव खड्का, नगरपालिका मेयर उद्धव खरेल तथा सांसद गगन थापाले क्रिकेट मैदान बन्दा भन्दा नबन्दा नै फाइदा हुने हाे कि जसरी माैनता साँधिरहेकाे देखिन्छ । यी तीनैजनाकाे नियतका बारे प्रश्न पनि उठ्न थालेका छन् ।

यी तीनमध्ये एकजनाले मात्र इच्छाशक्ति राख्ने हाे भने याे मैदान बन्न सक्ने कुरा जाे कसैले अनुमान लाउन सके पनि तिनैजना चुपचाप छन्, माैन छन्, किंकर्तव्यविमुढ छन् । यी तीनकाे अर्थपूर्ण चुप्पीप्रति स्थानीवासीकाे माैनता झन् आफैमा विस्मयकारी देखिन्छ । हाम्राे समाजले विकास भन्नाले अझै आफ्नै घर अगाडिकाे बाटाे, पानी, बिजुली र ढललाइ मात्र लिन्छ भन्ने कुराकाे उदाहरण हाे याे । यति महत्वपूर्ण विषयमा समाज चुपचाप रहनुले मानाैँ समाजलाइ याे क्रिकेट मैदान बन्दा फाइदाभन्दा वेफाइदा नै हुनेछ ।

शुवर्ण शमशेरकाे नाममा अध्ययन प्रतिष्ठान बनाएर क्रिकेट मैदानकाे सपना देख्ने ध्रुव खड्काकाे आकांक्षा यतिखेर प्रश्नवाचक चिन्ह बनेकाे छ । संचारमाध्यम तथा बैठकहरूमा सहज निकास दिन इच्छुक रहेकाे बताउने खड्का क्रिकेट मैदान आफू वा आफूमार्फतकाे समितिले नै बनाउनु पर्ने साेचमा मग्न देखिन्छन् । वार्षिक २०- ५० लाखकाे बजेटलाइ उपभाेक्ता समितिमार्फत उपयाेग गर्ने तथा देखिने काम नहुने सिलसिलामै ध्रुव खड्का खुशी हुनु क्रिकेट मैदान नबन्नुकाे मुख्य कारण देखिएकाे छ । खड्का तथा उनकाे समितिले यसरी दाेहाेराे भूमिका खेल्ने हाे भने स्थानीय निकायले कुनै ओभरटेक नगरी याे समस्या समाधान हुन नसक्ने अबस्थामा पुगेकाे छ ।

तर के बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल क्रिकेट मैदान बनाउन पर्छ भन्ने  साेचमा हाेलान् त ? आफ्नाे मेयर कार्यकालकाे ३ वर्ष बिताउनै लाग्दा पनि कतै प्रभावशाली देखिन नसकेका मेयर खरेलले काँग्रेस नेताकाे नाममा बन्न लागेकाे क्रिकेट मैदान बनाउने इच्छाशक्ति देखाउलान् भन्ने कुरा धेरैले अनुमान गर्न गारै छ । आफूलाइ धेरै जान्ने हुँ भनेर बताइरहने स्वभावका कारण आलाेचनाकाे शिकार भैरहेका मेयरले खेलकुद विषयलाइ कहिल्यै महत्व दिएकाे पाइँदैन । चपली गाविस अध्यक्ष रहँदादेखिकाे खरेलकाे खेलकुदप्रतिकाे वितृष्णा अझै उही रङ्गमा देखिन्छ ।

मेयर खरेलले चाहे भने शुवर्ण शमशेर क्रिकेट मैदानलाइ तत्काल बनाउन सक्ने कुरामा दूइमत छैन । मेयर खरेललाइ याे कार्यमा कानुनी बाधा पनि देखिदैन । नगरपालिकाले खड्कालाइ समय सीमा दिएर सहमतिमा आउन पत्राचार गर्ने त्यसपछि मैदान निर्माणलाइ टेन्डरमा लान सक्छन् । तर यसका लागि मेयर तथा नगरपालिकासँग  शुवर्ण शमशेर काँग्रेसकाे नेता हुन् र उनकाे नाममा आफ्नाे नगरमा कुनै ठूलाे रङ्गशाला बनाउन चाहन्न भन्ने धारणा हट्न आवश्यक छ । तर मेयर खरेल तथा नगरपालिकाले त्यति ठूलाे राजनीतिक संस्कार वा राजनीतिक सहिष्णुता बाँड्न सक्लान् कुरामा धेरैलाइ विश्वास छैन् ।

संघीय सांसद गगन थापा अर्का यस्ता पात्र हुन् जसले चाहेकाे भए याे मैदान अलि वर्ष अघि नै बनिसक्थ्याे । थापा कै निर्वाचन क्षेत्रमा रहेकाे याे क्रिकेट मैदान स्थल बनाउनका लागि थापाले किन ठूलाे बजेटकाे व्यवस्था गर्ने प्रयास गरेनन् भन्ने बारेमा चर्चामात्र हैन संचारमाध्यममा पनि आइसकेकाे छ । क्षेत्र नं ४ युगसम्म नाम रहनसक्ने काममध्ये याे मैदान हाे भन्ने कुरा थापाजस्ताे चतुर नेताले थाहा पाएनन् भन्नु गलत हुन्छ । काँग्रेस नेताकै नाममा रहेकाे मैदान, काँग्रेस प्रमले नै शिलान्यास गरेकाे मैदान तथा काँग्रेस नै अध्यक्ष रहेका समितिले बनाउन लागेकाे मैदानलाइ थापाले नजरअन्दाज गरेका त पक्कै हैन । उनले थाेरै थाेरै बजेट यस मैदानका लागि उपलब्ध गराएका पनि देखिन्छ । तर याे बजेट ध्रुव, यसाे गरिखाउ न त  भनेर दिएकाे जस्ताे हिसाबले दिएकाे झैँ भान हुन्छ ।

मन्त्रीसम्म भैसकेका गगन थापाले अहिले प्रतिपक्षमा रहँदा नै चाहे भने  ५ – १० कराेड बजेट पार्न सजिलै सक्छन् । तथाकथित नगर अस्पताललाइ ६ कराेड सांसद विकासकाे काेषकाे बजेट दिन सम्झाैता गर्न सक्ने थापाले क्रिकेट मैदानलाइ किन ध्यान दिएनन् भन्ने कुरा गम्भीर छ । आखिर किन चाहँदैनन् गगन थापा याे मैदान बनाउन ? वा ध्रुव खड्काकाे नियतमा शंका छ थापालाइ ? नगर अस्पताल जसले भाेलि थापाकाे नाममा जस आउने पक्का छैन त्यस्तै परे अपजसकाे भारी आइपर्छ त्यहाँ यति ठूलाे बजेट दिन सक्ने थापा क्रिकेट मैदानमा किन सचेत छैनन् ? भाेलि दिन सस्टेन नहुने बुढानिलकण्ठ नगर अस्पताललाइ  सांसद विकास काेषकाे त्यति ठूलाे बजेट झ्वाम्म हाल्न सक्ने थापा यस मैदानका बारे किन चुपचाप छन् भन्ने विषय पनि आफै साेचमग्न र खाेजमूलक देखिन्छ ।

फेरि पनि, ध्रुव खड्काले चाहे भने नगरपालिकालाइ संरक्षक बनाएर नगरकै बजेटले याे मैदान तत्काल निर्माण गर्न अबस्था सिर्जना गर्न सक्नेछन् । यसका लागि उनले आफूभित्रकाे आग्रहलाइ दबाए पुग्छ । त्यसैगरी मेयर खरेलले चाहे भने ध्रुव खड्काले नचाहे भने पनि ओभर टेक गरेर भने पनि यस मैदानलाइ नगरपालिकाकाे गाैरबकाे आयाेजना बनाएर अजम्बरी हुनसक्नेछन् । सांसद थापाले चाहे भने ध्रुव खड्कासँग छाेटाे कुराकानीमै यस मैदानलाइ बजेटकाे व्यवस्था गरेर गगन थापालेे क्रिकेट मैदान बनाए भन्ने सन्देश दिएर एकपटक फेरी राष्ट्रिय हिराे बन्न सक्नेछन् ।

बनाउँ भने धेरै सजिलाे छ शुवर्ण शमशेर क्रिकेट मैदान बन्न । तर बनाउँ भनेर चाहेन भने याे अझै ६ वर्षसम्म यत्तिकै रहनेछ । यसकाे धेरै मुख्य कारणमध्ये एक हाे जनदवावकाे अभाव । जनताजति पार्टीका दास कार्यकर्ता(?) भएकाे बुढानिलकण्ठ नगरपालिकाका जनताले यस क्रिकेट मैदानकाे महत्वलाइ बुझ्न नै सकेनन् । घर अगाडिकाे बाटाे साइज र जग्गाकाे भाउ कति भयाे भन्ने विषयमै तनावित रहने नगरवासीले यस स्टेडियम बुढानिलकण्ठकाे आर्थिक विकासकाे काेशेढुङ्गा भनेर जहिले सम्म आत्मसात गर्दैनन् केही हुनेवाला छैन । जनदवावकाे विषयमा याे क्रिकेट मैदानमात्र हैन धेरै विषयमा नगरवासी पछाडि छन् जसले जनप्रतिनिधिमा स्वेच्छाचारिता बढ्नुकाे साथै जवाफदेहितामा कमि आइरहेकाे छ ।