फुटबल क्षेत्रमा नयाँ पहिचान बनाउन प्रयासरत कपन भेट्रान क्लबले नयाँ नेतृत्व चयन गरेकाे छ । बुढानिलकण्ठ १० मा रहेकाे कपन भेट्रान क्लबकाे नयाँ अध्यक्षमा पासाङ शेर्पा चयन भएका छन् । तारेभीरस्थित अल्टिमेट भेन्यु भएकाे नयाँ नेतृत्व चयन कार्यक्रममा साविक अध्यक्ष ध्रुवराज न्याैपानेले शेर्पासहितकाे नयाँ टिम घाेषणा गरेका हुन् ।

फुटबल खेल तथा शारीरिक तन्दुरूस्तीका लागि २ वर्षअघि स्थापना गरिएकाे कपन भेट्रान क्लबले ए डिभिजन क्लब बन्ने सपना बाेकेकाे बताउँदै साविक अध्यक्ष न्याैपानेले नयाँ समितिले फुटबल खेलका क्षेत्रमा सफल तथा सबल काम गर्ने आशा राखिएकाे बताए । काठमाडाै खबरका प्रधासम्पादक केशव पाठककाे प्रमुख अतिथि रहेकाे कार्यक्रममा बाेल्दै नवनियुक्त अध्यक्ष पासाङ शेर्पाले खेलकुद तथा व्यायमका क्षेत्रमा आफूहरू सक्रिय रहने बताए ।

कपन भेट्रान क्लबमा नयाँ कार्यसमितिमा अध्यक्ष पासाङ शेर्पासहित, उपध्यक्ष राजु बिक्रम थापा, सचिव प्रज्वल थापा ,सह सचिव कपिल ढकाल, कोषाध्यक्ष : सिताराम थापा, सदस्य : डेभिड खड्का, महेश श्रेष्ठ, किशाेर नेपाली,  लक्ष्मण गौतम, जीवन मगर, अनन्त शर्मा, दिपेश श्रेष्ठ, बिमल मगर र ओम प्रकाश श्रेष्ठ रहने छन् ।