• केशव पाठक

धर्म के हाे ? हिन्दू, बाैद्ध, इशाइ वा इस्लाम । धर्मसँग सम्बन्धित प्रश्नसँगै यी उत्तरहरू आमरूपमा उत्पन्न हुन्छन् । लेख्दा वा भन्दा सामान्य लाग्ने धर्मकाे विषय जति अर्थपूर्ण छ त्याेभन्दा धेरै नै भयावह छ । धर्म पनि कहिँ भयावह हुन्छ र ? ग्रन्थ वा देवताले दिने उपदेशभन्दा भिन्न धर्मले देखाउने कर्म तथा अभ्यास विस्मयकारी छ । सिङ्गाे विश्व नै धर्मका नाममा बाँडिएकाे छ, भाँडिएकाे छ । आज देशदेशका शासनप्रणालीदेखि युद्ध र जिहादहरू धर्मले व्याख्या गरिन्छ । धर्म मानिसलाइ अमानिस बनाउने साधन भएकाे छ । धर्मले मानिसलाइ बाँध्दैन,मिलाउँदैन बरू टुटफुट र अविश्वासी बनाइरहेकाे छ । धर्म(?)ले आध्यात्म सिकाउँदैन बरू अधर्म सिकाइरहेकाे छ ।

धर्म भाषिक व्याख्या गर्ने हाे भने दैवि शक्ति, परमात्मा अथवा अदृश्य शक्तिमा गरिने विश्वास र त्यस्ता शक्तिहरू सँग सम्बन्धित नैतिक आचरण, व्यवहरार, मूल्य तथा मान्यता, सङ्घ संस्था, तथा पुरातन बिधिहरू पर्दछन् । याे बाहेक कहिलेकाहिं आस्था अथवा विश्वास जस्ता शव्द पनि धर्मकै अर्थमा प्रयोग गर्ने गरिन्छ । धर्म भनेकाे उत्तरदायित्व वा जिम्मेवारी भन्ने हिसाबले पनि व्याख्या गर्ने गरिन्छ । धर्मलाइ मूल्य मान्यता वा उत्तरदायित्व जिम्मेवारी भनेर गरिने व्याख्या जति मिठाे लाग्छ धर्म भन्नाले हिन्दू, बाैद्ध, इस्लाम वा इशाइ भनिँदा त्यति नै भद्धा तथा ढाेँगी लाग्छ । यसलाइ कसरी बुझ्ने भन्ने पनि कुरा महत्वपूर्ण हुन आउँछ ।

धर्म भन्नाले संगठित धर्म हाे भनेर पनि भन्ने गरिएकाे छ । संगठीत धर्म भन्नाले त्यस्ता मानिसहरूको समुहलाई जनाउँछ जसले संयुक्त रूपमा एउटै विषयलाइ संयुक्त रूपमा पालना गर्दछन् । याे संगठित धर्म भन्नााले फेरी पनि उही हिन्दू, बाैद्ध, इस्लाम र इशाइ नै बुझाउँछ । धर्म भन्नाले धार्मिक वा आत्मिकी भनेर बुझाइने गरिन्छ जसले कुनै एक संगठीत धर्मलाइ जीवनशैलीकाे रूपमा स्वीकार्छ । साे धर्मका गुरूहरूले दिउकाे वचन तथा कथा पारायणलाइ सुन्छ र मुग्ध हुन्छ ।

धर्मलाइ शानदाररूपमा व्याख्या गर्ने हाे भने धर्म भनेको जीव वा मानवको स्वभाविक गुण हो। सम्पूर्ण मानवहरूको गुण एकै हुन्छ । मानव संस्कृतिको विकाशसँगै धर्मको अर्थ समाज र ब्यक्ति अनुसार फरक फरक भएकाे हाे । पछि धर्मका व्यापारीहरूले यसलाइ एकअर्कालाइ विभक्त गराउने हिसाबले व्याख्या गरे अन्धविश्वासलाइ जाेडे । पापकाे विपरीतार्थक शब्द हुनुपर्ने धर्मलाइ पापजन्य गतिबिधिमै रम्ने कर्मकाे रूपमा विकसित गरियाे ।

धर्म भनेको कुनै पनि वस्तुको कहिल्यै नफेरिने विशेषता हो उसको आफ्नै स्वभाव हो । जसरी आगोको धर्म तातो हुनु हो । बीउकाे धर्म उम्रिनु अनि हावाको धर्म सुकाउनु भनेजस्तै मनिसको धर्म मानवता हो । त्यसलाई मानवीय सद्गुण पनि भनिन्छ । मानवका लागि धर्म उसको आफ्नो परिचय हो, अस्तित्व हो र स्वाभिमान पनि हो । यही सद्गुणरूपी धर्म नहुँदा मानव मानव हुँदैन, दानव हुनजान्छ । मानव मानव नै हुन धर्म चाहिन्छ ।

मनवतारुपी सद्गगुण भएकाे धर्म भन्नाले धैर्य रहनु, सहनशील हुनु, आफ्नो मनलाई नियन्त्रण गर्नु, चोरी नगर्नु, शुद्ध पवित्र रहनु, इन्द्रियलाई आफ्नो अधीनमा राख्नु, बुद्धि विवेकको उपयोग गर्नु, ज्ञानी हुनु, सत्य बोल्नु, नरिसाउनु, कसैको हिंसा नगर्नु, सात्विक आहारविहार गर्नु हाे ।

धर्म भनेकाे धारणा हो, देखावटीपन होइन । ईश्वर मान्ने कुरा हो, धर्म पालन गर्ने कुरा हो । धर्म कर्तव्य हो, धर्म अनुशासन हो । कर्तव्य तथा अनुशासन भएकाले धर्म पालन गर्नुपर्छ, मानेर मात्र हुँदैन । धर्म भनेकाे पहिचान हो, आफू हुनुकाे अस्तित्व हो त्यसैले याे परिवर्तन गर्न मिल्दैन । धर्म जीवनको आधार हो यसलाइ आडम्बर बनाउनु हुन्न । त्यसैगरी धर्म विश्वास हाे तर अन्धविश्वास हुँदै होइन ।

हरेक समाज तथा परिवेशसँग त्यहाँका हाम्रा पूर्वजहरूको लामो इतिहास हुन्छ । पूर्वजलाइ मान्ने आफ्नै आधार तथा तथ्य हुन्छ तर पूर्वज हरेक धर्म(हिन्दू, बाैद्ध, इस्लाम, इशाइ आदि) । नेपाल भारतजस्ता सनातन धर्म मान्नेबीच हाम्रा थर गोत्र ती इतिहासका साक्षी प्रमाण हुन् । हाम्रा समाजका चाड पर्व, रीति रिवाज भाषा, कला, साहित्य, संस्कृति हाम्रा पहिचानका आधार हुन् ।

जसरी धर्म छोड्दा(जस्तैः हिन्दूबाट इशाइहुँदा) विस्तारै हाम्रा ती सबै पहिचानका आधारहरू छुट्दै जान्छन् । आफ्नाे पहिचान तथा अस्तित्व समाप्त हुन्छ । धर्म आत्मसम्मान हाे, भनिन्छ धर्म आफूलाई जन्म दिने आमा नै हुन् यसलाइ फेर्न सकिँदैन । त्यस्तै धर्म जीवनको आधार हो परिवर्तन गर्न मिल्दैन ।