युनाईटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि. (टोयोटा) ले १४ औँ टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका भाग्यशाली विजेताहरुको नामावली घोषणा गरेको छ । १३ मार्च , २०२० मा भोईथ कम्प्लेक्समा आयोजना गरिएको उक्त समारोहमा विजेताहरुलाई पुरस्कार र प्रमाणपत्रसहित सम्मानित गरिएको थियो ।

डिसेम्बर २०१९ देखि फेबु्रअरी २०२० सम्म संचालन भएको यस कला प्रतियोगितामा ३० वटा विभिन्न विद्यालयहरुबाट १००० भन्दा बढी प्रतियोगीहरुले सहभागिता जनाएका थिए । प्रतियोगीहरुमध्ये प्रत्येक विधामा शीर्ष ३ कलाकृतिहरु विजेताको रुपमा चयन गरिएको थियो , जुन जापानमा आयोजना गरिने वल्र्ड कन्टेष्ट २०२१ का लागि नेपालको प्रतिनिधित्व गर्दै प्रवेश गर्न सफल भएका थिए ।

विभिन्न उमेर समूह अन्तर्गत भएको सहभागितामा, ८ बर्ष मुनिका समुह अन्तर्गतका बिजेताहरुमा मिंग्मा दोम्ची लामा (प्रथम), रोहना प्रधान (द्वितीय) र जस्मिन गुरुङ (तृतीय) हुन सफल भएका थिए । त्यस्तै ८ देखि ११ बर्ष उमेर समूह का बिजेताहरुमा प्रेम बिक्रम अधिकारी (प्रथम), आइस्तिना टन्डन (द्वितीय) र सफल भट्टराई (तृतीय) भएका थिए । १२ देखि १५ बर्ष उमेर समूहमा भनेउर्जा राना मगर (प्रथम), रीतिमा गुरुङ (द्वितीय) र टाशी छिरिंग गुरुङ (तृतीय) भएका थिए । उर्जा राना मगर बुढानिलकण्ठ नगरपालिका १० वडा का, मिलनचोकका स्थाई निवासी हुन् । उनि स्थानीय ड्याफोडिल बिध्यलायमा अध्यनरत छिन ।

मिंग्मा दोम्ची लामा (प्रथम) Title: THE CAR WITH PURPOSE (Under 8 Years)
प्रेम बिक्रम अधिकारी (प्रथम) Title: Infinite Journey (8-11 Years)
उर्जा राना मगर (प्रथम) Title: WOMEN RESCUER CAR

उक्त प्रतियोगिताले विश्वका हर कुनामा रहेका बालबालिकाहरुलाई गतिशीलताको भविश्यप्रति उनीहरुको विचारधारा उनीहरुको ड्रिम कारका चित्रहरुमार्फत् प्रस्तुत गर्नका लागि आमन्त्रण गर्दछ । हरेक महान् विचार सपनाको झलकबाट पैदा भएका कारण यस क्रियाकलापले पनि आउँदो पुस्ताका महान् आविष्कारक, चिन्तक र कल्पनाशील व्यक्तिहरुको रचनात्मकता उजागर गर्दछ भन्ने कुरामा टोयोटा निकै आशावादी रहेको छ ।

सन् २००४ देखि संचालन हुँदै आएको यस कला प्रतियोगिता टोयोटाको सामाजिक योगदानको एक प्रमुख हिस्साका रुपमा झल्किँदै आएको छ , र सन् २०१९मा मात्र विश्वभरका ८६ मुलुक र क्षेत्रहरुबाट ९५०,००० प्रतियोगीहरुका कलाकृति सहभागी भएका थिए ।