दिपक निरौलाले सुझाव संकलन गर्ने

-आशीष गुरागाईं –——

बागमती प्रदेश काठमाडौँ निर्वाचन क्षेत्र नम्बर पाँच “ख” प्रदेशका सासद दिपक निरौलाले आफ्नो क्षेत्रको नीति तथा योजना तर्जुमाका लागि सरोकारवालाबाट बृहत सुझाव सङ्कलन गर्ने भएका छन् । एक कार्यक्रमको आयोजना गरेर प्रदेशका सांसद, जिल्ला समन्वय समिति, स्थानीय तहका जनप्रतिनिधि, निजी क्षेत्र, गैरसरकारी सङ्घसंस्था र सरोकारवालाबाट सुझाव सङ्कलन गर्ने तयारी गरिरहेको बुझिएको छ ।

सुझावहरु सङ्कलन गर्न उनले आफ्नो निर्वाचन क्षेत्रमा रहेका मतदाताहरुको घरमै प्रतिनिधि पुग्ने गरि व्यवस्था गर्ने बताए । सुझाव सङ्कलन समग्र विकासको अवस्था, समस्या, चुनौती, सम्भावना र समस्याको समाधानका उपायको विषयगत रूपमा लिखित सुझाव सङ्कलन गरिने छ ।

सहभागीले निर्वाचन क्षेत्रभित्र पर्यटन, कृषि, पशुपालन र वनपैदावारको क्षेत्रमा रहेको सम्भावनालाई गरीबी निवारण, आयआर्जन वृद्धि र जीवनस्तर रुपान्तरणमा मद्दत पुग्ने किसिमका योजना तथा कार्यक्रम तय गर्दा ठिक हुनेछ भन्ने प्रशनको जवाफ लिखित मौखिक तथा डिजिटल प्रविधिको प्रयोग द्वारा दिने छन् ।

काठमाडौँ महानगरपालिका, टोखा नगरपालिका तथा बुढानिलकण्ठ नगरपालिकाका क्षेत्रमा सम्म सिमाना रहेको काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ को सम्भावनालाई विकास र आयआर्जनमा रुपान्तरणका लागि पूर्वाधार निर्माण र सामाजिक विकासमा प्राथमिकता सुचीहरु मतदादको राय सुझावहरु तय गर्ने लक्ष्य निरौलाले लिएका छन् ।

केहि दिनदेखि सुझाव सङ्कलन सम्बन्धि औपचारिक तथा अनऔपचारिक छलफलमा । भौगोलिक विकटता, सामाजिक पछौटेपन, बसाइँसराइका कारण उत्पन्न जटिलताको समाधानमा प्राथमिकता आदि विषयमा सुझाव सङ्कलन गर्न विज्ञहरुको सुझाव आएको उनले बताए । सुझावहरु सङ्कलन गर्न १० हजार मतदाताको घरमा सासद निरौलाका प्रतिनिधि पुग्ने छन् ।

प्रदेशको वस्तुगत धरातलमा आधारित रहेर सरोकारवालाको सुझावअनुसार पञ्चवर्षीय योजना बनाउन काम लाग्ने छ । आवश्यकता र समस्याका आधारमा तय गरिएका योजना, नीति र कार्यक्रममा अपनत्व महसुस भई प्रभावकारी कार्यान्वयमा सघाउ पुग्ने भएकाले सुझाव सङ्कलनको विकास निर्माणमा विशेष महत्व रहेको छ ।

सरोकारवालाको सुझाव र विषयवस्तुलाई प्रदेशको नीति, योजना र बजेटमा समेटिने निरौलाले बताए ।