• केशव पाठक

शुवर्ण शमशेर अन्तराष्ट्रिय क्रिकेट मैदानकाे विषयले काठमाडाैँकाे उत्तरीभेक पछिल्ला केही महिनादेखि हल्का तरङ्गित छ । बुढानिलकण्ठ नगरपालिकाकाे वडा नं १३ गाम्चा भन्ने ठाउँमा बन्न लागेकाे याे मैदान करिब ६  वर्षअघि शिलान्यास भएकाे थियाे । नेपाली कांग्रेसका नेता शुवर्ण शमशेर नाममा तत्कालिन प्रधानमन्त्री स्व सुशिल काेइरालाद्वारा शिलान्यास भएकाे क्रिकेट मैदान बन्न लागेकाे ठाउँमा मान्छे पुग्दा कहाँ के बन्न लागेकाे पत्ताे भने पाउन सकिने अबस्था छैन । क्रिकेट मैदान बन्न लागेकाे भन्ने एउटा साइन बाेर्डसम्म देख्न पाइन्न ।

त्यसाे त याे ठाउँ अहिलेजस्ताे अबस्थामा छ आजभन्दा ६ वर्ष अघि अर्कै अबस्थामा थियाे । यहाँ डरलाग्दाे खाेच थियाे, यहाँ लडेर मानिस मरेकाे तथ्यसमेत छ । त्यस्ताे खाेच तथा भीर याे रूपमा आइपुग्न यस मैदान निर्माण समितिले गरेकाे याेगदान केकस्ताे हाे त्याे सार्वजनिक भने भएकाे देखिदैन । तथापि यस मैदान निर्माण समितिका अध्यक्ष ध्रुव खड्का आफूले बिभिन्न सरकारी निकायबाट आएकाे सबै रकमजस्ताकाे त्यस्तै तथा अझ बढि खर्च गरेकाे बताउँदै आएका छन् । खड्काकाे याे कुरा सबैले पत्याएका छैनन् भने उनले स्पष्टिकरण पनि दिएका छैनन् ।

पछिल्ला केही महिनादेखि शुवर्ण शमशेर क्रिकेट मैदानका बारे समाचार तथा विचारहरू प्रकाशित हुन थालेपछि याे बारे चासाे तथा उत्साह जनस्तरसम्म पुगेकाे छ । शुन्यप्रायः गतिबिधिमा सिमित भैरहेकाे तथा कसैकाे चासाकाे विषय नबनेकाे क्रिकेट मैदान जसै समाचार तथा विचार बन्न पुग्याे यसभित्रका आग्रह, पूर्वाग्रह तथा दुराग्रहका विविध आयामहरू प्रस्टिन थालेकाे छ ।

क्रिकेट मैदानजस्ताे विशाल विषयमा कस्काे हालीमुहाली हुने कुराे यतिखेर क्रिकेट मैदान बन्नु पर्ने विषयभन्दा ठूलाे भएकाे छ । ध्रुव खड्काकाे नेतृत्वमा रहेकाे मैदान निर्माण समितिलाइ भङ्ग गरेर आफू अध्यक्ष वा आफूले चाहेकाे व्यक्ति अध्यक्ष बनाउन चाहनेहरूकाे र्याल सडकभरी देखिन थालेका छन् ।

बुढानिलकण्ठ नगरपालिकाका मेयरले यस मैदान निर्माण समितिका अध्यक्ष ध्रुव खड्कालाइ एक खाकासहित मैदान बनाउन पहलकाे प्रयास गरेका छन् । काँग्रेसकाे क्रिकेट मैदान भनेर हेय दृष्टिले हेरिरहेकाे सत्तारूढ दलले एक पत्रसहित खड्कालाइ मैदान निर्माणकाे प्रस्ताव गरेकाे हाे । मेयर खरेलले बनाएकाे ड्राफ्टमा क्रिकेट मैदान बनाउन नगरपालिकाले पैसा हाल्ने हाे भने मेयर वा मेयरले इच्छाएकाे व्यक्ति अध्यक्ष हुने पर्ने भन्ने लेखिएकाे छ । यसरी मेयरले अध्यक्षमा आफूले चाहेकाे व्यक्ति राखिए मात्र नगरपालिकाले पैसा  हाल्ने नत्र नहाल्ने मनसाय देखाएका छन् । केही स्थानीय अनलाइनहरूमा कुरा गर्दै मेयर खरेलले क्रिकेट मैदानमा नगरपालिकाकाे अपनत्व हुने भए मात्र लगानी गर्ने मनसाय प्रकट गरिरहेका छन् । मेयरले आफ्नाे ध्येयस्वरूप ती समाचारलाइ आफ्नै सामाजिक सन्जालबाट जाेडताेडका साथ प्रचारप्रसार पनि गरिरहेका छन् ।

मेयर खरेलले प्रस्ताव गरेकाे ड्राफ्टले मेयरकाे चाहना ध्रुव खड्काकाे अध्यक्षता नस्वीकार्ने स्पष्ट झल्किन्छ । तर यता अहिले सम्मकाे निर्माणकाे जस वा अपजसका भारी बाेकेका ध्रुव खड्काचाँहि मेयर खरेल नै  अध्यक्ष हुने भए आफूले छाड्ने तर उनले इछ्याएकाे व्यक्तिलाइ अध्यक्ष बनाउने कुरामा आफू बेखुशी रहेकाे बताउँछन् । अहिलेसम्म मैले गरेकाे कामलाइ अवमूल्यन गरी आएकाे प्रस्तावप्रति आफू सकारात्मक हुन नसक्ने उनकाे भनाइ देखिन्छ । आफ्नाे परिकल्पना तथा मेहनतले क्याबिनेट डिसिजन गरी दुखले बनाउन लागेकाे तथा मुख्य गाराे काम सकिसकेकाे अबस्थामा बजेट दिने नाममा गलहत्याउन लागेकाे प्रति उनले बेखुशी व्यक्त गरेका छन् । खड्का आफूले गरेकाे कामकाे मूल्यांकन नभएकाे बताउँछन् ।

यता प्रदेशसभा सदस्यहरू कुसुम कार्की तथा न्हुच्छेनारायण श्रेष्ठ भने जसरी पनि समझदारीमा मैदान निर्माणमा आफूले पहल गर्ने बताउँछन् । उनीहरूले गर्ने प्रयास तथा आउने नतिजाकाे पर्खाइ कति लामाे हुन्छ त्याे भने पत्ताे छैन । त्यसाे त मैदान निर्माण गर्ने तथा अध्यक्षकाे बारेमा कसरी निर्णयमा पुग्ने बारे श्रेष्ठ तथा कार्कीलाइ अन्याैलमात्र नभै अप्ठेराे पनि देखिन्छ ।

तर संघीय सांसद गगन थापा याे बारेमा पूर्णतः  माैन नै छन् । त्यसाे त थापाले चाहेकाे भए याे मैदान उहिल्यै बनिसक्थ्याे भन्ने कुरामा दुबिधा छैन । उनले किन यति महत्वपूर्ण विषयलाइ हेय दृष्टिले हेरेका छन् अझै बुझ्न सकिएकाे छैन । फेरि पनि सिटाैला समूह बाटै आगामी पार्टीकाे महाधिवेशनमा  राजनीति गर्ने बारेमा स्पष्टिकरण दिनमा व्यस्त थापालाइ सम्भवतः याे विषयकाे गाम्भीर्यता नै थाहा छैन ।

त्यसैगरी नेपाली काँग्रेसका क्षेत्र नं ४ सभापति राजु श्रेष्ठले याे बारेमा गम्भीर  भएर सकारात्मक नतिजा दिनेतिर आफू लागिपर्ने बताएका छन् तर के गरिरहेका छन् पत्ताे हुन सकेकाे छैन । त्यसैगरी नेकपा वुनपा अध्यक्ष रविन अधिकारीले पनि याे विषयलाइ सीघ्र छिनाेफानाे गर्नेतिर आफूले सबैपक्षलाइ समन्वय गर्न चाहेकाे बताए । तर खासै तत्परता भने देखिएकाे छैन । श्रेष्ठ र अधिकारीलाइ पनि अध्यक्ष काे बन्ने वा के गर्ने भन्ने विषय छिनाेफानाे गर्न कठिन अनुभूति भएकाे देखिन्छ ।

मेयर खरेल तथा उनकाे पार्टीले ध्रुव खड्कालाइ अध्यक्ष हटाउनै पर्ने मान्यता राख्नु तथा मैदान निर्माण समितिका अध्यक्ष ध्रुव खडका जसरी पनि अध्यक्ष छाड्दिन भन्ने साेचले ग्रसित हुँदा याे मैदानकाे भविष्य झनै अन्याैलग्रस्त पाे हुने हाे कि भन्ने डर पलाएकाे छ  ।  मेयर खरेललाइ उनका पूर्व पार्टीका अधिकांस सहयात्रीले निर्माण समितिकाे अध्यक्ष पद छाड्न नहुने वा अध्यक्ष पदबाट ध्रुव खड्कालाइ हटाउनै पर्ने दवाव दिएकाे बुझिन्छ ।

आफ्नाे जीवन तथा जनप्रतिनिधिकाे हैसियतमा खेलकुदलाइ  खासै महत्व नदिएका मेयर उद्धव खरेलले याे बारेमा बाेल्ने हरेक कुरामा गम्भीरता कम आग्रह धेरै देखिन्छ । त्यसैगरी हाल मैदान निर्माण समितिका अध्यक्ष ध्रुव खड्कामा जसरी पनि याे मैदान निर्माण समितिकाे अध्यक्ष आफै हुनुपर्ने आकांक्षा हावी देखिन्छ । खड्काकाे याे हावीमा गगन थापा तथा न्हुच्छेनारायण श्रेष्ठकाे माैन सम्मति रहेकाे हाे कि भन्ने आशंका गर्न सकिन्छ  ।

अन्त्यमा, विषयकाे गाम्भीर्यता जसरी पनि क्रिकेट मैदान बनाऔँ भन्ने तिरभन्दा जसरी पनि अध्यक्ष पद आफ्नाे हुनुपर्छ भन्ने मान्यता हावी हुँदा बुढानिलकण्ठ नगरकै नमुना परियाेजना झन् असरल्ल पर्ने अबस्थामा पुग्ने क्रममा छ । तत्कालिन मन्त्रि परिषदले गरेकाे निर्णयकाे हरेक बुँदामा टेकेर मध्यमार्गी बाटाे अपनाउनुकाे सट्टा जसरी पनि अध्यक्ष पदमा हालीमुहाली गर्न पाउनु पर्ने आशय हावी हुनु आफैमा सर्मनाक एवम् लज्जास्पद अबस्था हाे ।

मध्यमार्गी अबस्था अर्थात निर्माण समितिकाे अध्यक्षमा काेही विशिष्ट व्यक्तिकाे चयन । नेपाली क्रिकेट जगतकै सुप्रसिद्ध कुनै पात्र वा कुनै राष्ट्रिय व्यक्तित्वलाइ अध्यक्ष बनाएर निर्माण समिति बनाउन सकिन्छ । त्यसैगरी मध्यमार्गी अवस्था बनाएर अध्यक्षमा ध्रुव खड्कालाइ नै राखेर अरू सदस्यहरूमा महत्वपूर्ण व्यक्ति चयन गरेर काम गर्न पनि सकिन्छ ।  जस्तै नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान विनाेद दास यसै नगरपालिकामा बस्ने भएकाले उनी वा उनीजस्ता व्यक्तिलाइ समितिमा राखेर काम गराउन सक्ने अबस्थाकाे सृजना हुन सक्ने आवश्यक देखिन्छ । सबैले सर्वमान्य हुनसक्ने पात्रकाे चयन गरेर जान सके मैदान छिटै बन्न सक्ने अबस्था अझै पनि छ । तर के राजनीतिक दुराग्रह तथा म र मेराे भन्दा माथि उठेर  मेयर उद्धव खरेल तथा अध्यक्ष ध्रुव खड्काले आफूलाइ अब्बल बनाउन सक्लान् ? सर्सर्ति हेर्दा त्यसकाे सम्भावना धेरै छ तर इच्छाशक्ति ?