• केशव पाठक

काेराेना भाइरसले जनजीवन त्रस्त भएकाे बेला गाउँगाउँमा सिंहदरबार भनिएकाे स्थानीय तहदेखि प्रदेश र संघका जनप्रतिनिधि भने कतै उत्तरदायी देखिएका छैनन् । सेमी लकडाउनकाे अबस्थामा देश पुगिसेकाे बेला पनि जनप्रतिनिधिले कुनै खाले सक्रियता र चासाे देखाउन सकेकाे देखिएकाे छैन । एकाध भेला तथा मिटिङ गरेझैँ देखिए पनि जनताले बुझ्ने वा देख्ने खालकाे गतिबिधिमा जनप्रतिनिधिले आफूलाइ सक्रिय बनाएनन्  । भाेट माग्न घरघर पुगेका नेता तथा जनप्रतिनिधि महामारीकाे बेला भने गम्भीरता देखाउन सकेनन् ।

काेराेना प्रभावका हिसाबले काठमाडाैँ उपत्यका सबैभन्दा गम्भीर अप्ठेराेमा रहेकाे बताइए पनि उपत्यकाका स्थानीय तहदेखि सबैखाले जनप्रतिनिधिकाे सकृयता शुन्य प्रायः  छ । स्थानीय तहअन्तर्गत महानगरपालिका, नगरपालिका तथा वडाहरूले संभावित माहामारीमा स्थानीयवासीलाइ सरकार हुनुकाे आभाष दिन सकेका छैनन् । नगरपालिका तथा वडाहरूले कालाेबजारीदेखि अभावसम्मका विषयमा चासाेसम्म दिएकाे पाइएन । जनप्रतिनिधिले मतदाताकाे घरमा पुगेर सचेतना बाँड्ने काम गर्न पर्नेमा उनीहरू विचारशुन्य भएर बसेकाे देखिन्छ ।

काेराेना प्रभाव बढ्दैजाँदा सबैजना क्वारेन्टाइनमा बस्न पर्ने बेला भइसक्दा पनि जनप्रतिनिधिहरू चुप देख्दा जनता भने जनप्रतिनिधिसँग बेखुशी देखिएका छन् । दुखका बेला जनताका घरघरमा देखिनु पर्ने नेताहरूबाट सचेतनाकाे स्वरसम्म सुन्न नपाएका जनता नेताहरु सेल्फ क्वारेन्टाइनमा बसे भन्ने समाचारका शीर्षक भने पढ्न थालेका छन्  ।

सांसददेखि मेयर र वडाध्यक्षहरूले आफ्ना मतदाता तथा जनताकाे आवश्यक्ता बुझ्नु कता हाे कता एउटा भिडियाे म्यासेजसम्म दिएका छैनन् । उनीहरूले काेराेनाका नाममा देखिएका अनियमिततालाइ राेक्न तथा त्रसित नहुनका लागि पर्चासम्म बाँड्न सकेकाे देखिएन । विपक्षका एकाध सांसद सत्तापक्षका कमजाेरी खाेतलेर राजनीतिमा व्यस्त देखिए पनि सत्ता पक्षका सांसद के गर्ने के नगर्नेमा नै अल्झिएका देखिए ।

महानगर तथा नगरपालिकाले काेराेना आइसाेलेसनका लागि संभावित ठाउँबारे साेचसमेत बनाउन सकेनन् । नाकैमुनी ग्याँसकाे कृतिम अभावदेखि मानिसले घरमा धेरै खाद्यान भण्डार गरेका विषयलाइ जनप्रतिनिधिले इस्यु नै साेचेनन् । मास्क तथा स्यानिटाइजरकाे अभाव तथा उपलब्धताका बारेमा स्थानीय तह माैन नै रह्याे । हरेक नगरपालिका नजिकका पार्टी प्यालेसदेखि हाेटाेलसम्मलाइ आइसाेलेसन वार्डकाे रूपमा उपयाेग गर्न सकिने विषयलाइ स्थानीय तहका जनप्रतिनिधिले आजका दिनसम्म साेच बनाउन सकेनन् । जनताका सबैभन्दा नजिकका साथी मानिने जनप्रतनिधिले वडाका बस्तीबस्तीमा एक वडासदस्यसहित दुइजना स्वास्थ्य स्वयम्सेविका लिएर घरघरमा सचेतनाकाे आवाज पुर्याउन सक्थे तर कतिपय जनप्रतिनिधि नै काेराेना नेपालमा आउदैन, हामीलाइ यहाँ धुलाेधुवाँले  बचाउँछ वा पशुपतिनाथले बचाउँछन् भन्ने विश्वास बाँडिरहेका देखिए ।

जनप्रतिनिधिले काेराेनाका बारे सचेतना जगाएका भए फेशबुका फैलिउका नानाथरीका हावादारी स्टाटसका भरमा जनताले काेराेनाकाे त्रास अनुभूति गर्ने थिएनन् । स्यानिटाइजरकाे अभाव भए पनि वडाध्यक्ष तथा वडासदस्यले हरेक घरमा एउटा ह्यान्डवास वा केही थान साबुन बाेकेर सान्त्वना बाँड्न सक्थे तर वडाका जनप्रतिनिधिहरुलाइ काेराेनाकाे पार्ने प्रभावले असर पारेन ।

अब समय घर्की सकेकाे छ । देशलाइ नै लकडाउन गर्न पर्ने अबस्था आइपरेकाे बेला सबैजना क्वारेन्टाइनमा बस्ने बेला भएकाे छ । यस्ताे जनप्रतिनिधि घरबाट बाहिर निस्किनुभन्दा ननिस्किनु नै जाति हाेला । याे बेला जनप्रतिनिधिहरूले सम्भवतः आफ्ना सामाजिक सन्जालमार्फत सकारात्मक सन्देश दिन सक्छन् । सामाजिक सन्जाललाइ अफवाहबाट माथि उठाउन पहल गर्न सक्छन् । हरेक नागरिकसँग सामाजिक सन्जालमार्फत जाेडिएर काेराेनाका बारेमा सचेतना बाँड्न सक्छन् । हामीमा रहेकाे अन्धविश्वास तथा छाडापनलाइ ताेड्न जनप्रतिनिधिले अबका दिनमा आफ्ना सामाजिक सन्जाल तथा सन्चारमाध्यमबाट भूमिका निर्बाह गर्न सक्छन् ।