नेपाली काँग्रेसले बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेललाइ महामारीकाे रूप लिन संभावना भएकाे भन्दै काेराेना बारे सचेतना सुझाव पत्र बुझाएकाे छ । नगरपालिकाले काेराेनाकाे बारेमा बाेलाएकाे एक भेलामा नेका क्षेत्र नं ४ का सभापति राजु श्रेष्ठले साे पत्र हस्तान्तरण गरेका हुन् । काेराेनाले महामारीकाे रूप लिन सक्ने भन्दै सबै मिलेर यस घडीमा हातेमालाे गर्दै नगरपालिकाले महत्वपूर्ण काम गर्नु पर्ने पत्रमा उल्लेखित छ ।

सर्वदलीय तथा जनप्रतिनिधिहरू सम्मिलित भेलामा क्षेत्रीय सभापति श्रेष्ठले हस्तान्तरण  गरेकाे पत्रमा राेग लाग्न् दिनुभन्दा राेग लाग्नै नदिनका लागि नगरले विशेष प्याकेज ल्याउन आवश्यक रहेकाे बताइएकाे छ । सचेतना बाँड्ने काममा नगरपालिका चुकेकाे भन्दै पत्रमा सिघ्र सचेतना र पूर्व तयारीका लागि आवश्यक कार्यक्रम ल्याउन नगरपालिकालाइ आग्रह गरिएकाे छ । ११ वटा बुँदामा समेटिएकाे पत्रमा मास्क तथा सेनिटाइजर बनाउने तालिमदेखि हस्पिटल तयारीका कुराहरू समेत रहेका छन् ।