काठमाडौँ, फ्रान्सबाट कतार हुँदै मंगलबार नेपाल आएका एक व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्दा १९ वर्षीया युवतीमा कोभिड–१९ पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका हुन्।

उनलाई अहिले अस्पतालको आइसोलेशनमा राखिएको आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । भने उनका परिवार तथा ट्रान्जिट लागयतका स्थानमा सम्पर्क भएका व्यक्तिहरुको खोजि सरकारले सुरु गरेको छ ।