काठमाडौ । सरकारले चैत्र ११ गते मंगलबार विहान ६ बजेबाट लागु हुने गरी देशलाई लकडाउन गर्ने निर्णय गरेको छ ।

कोरोना रोकथाम तथा निणन्त्रण उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

उनले चैत्र ११ गते विहान ६ बजेदेखि १८ गते विहान ६ बजेसम्म लागु हुने गरी देशलाई लकडाउन गरेको जानकारी दिए ।