काठमाडौं । फ्रान्सबाट आएका एक नेपालीमा कोरोनाभाइरस देखिएको पुष्टि भएपछि काठमाडौं उपत्यकामा सोमबार दिउँसोबाट सुनसान बन्दै गएको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले यही चैत ४ गते फ्रान्सबाट कतार हुँदै आएकी १९ वर्षकी छात्रालाई कोरोनाभाइरस पोजेटिभ भएको बताएका थिए ।

नेपाल आएर होम क्वारेन्टाइनमा बसेकी उनलाई आइतबारदेखि अस्पतालमा राखेर उपचार सुरु गरिएको छ । ती नेपालीको आइतबार शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको पुष्टि भएको हो ।

उनलाई कोरोनाभाइरस पोजेटिभ देखिएको सरकारबाटै पुष्टि भएपछि मानिसहरु सावधानी अपनाउँदै अनावश्यक हिँडडुलदेखि भेटघाटलाई बन्द गरेका छन् । केही दिनयतादेखि सचेत रहँदै आएका उपत्यकावासी सो खबरसँगै थप सावधान भएका हुन् । सरकारले पनि सावधानी अपनाउन भनेको छ । सोमबार दिउँसोदेखि मुख्य सडक  प्रधानमन्त्री निवास बालुवाटार, सिंहदरबार, सर्वोच्च अदालत तथा सेनेमा घर प्रायसबै स्थान सुनसान  बनेका छन् ।

हेर्नुहोस काठमाण्डौखबरका आशिष गुरागाईले काठमाडौँका मुख्य स्थानमा खिचेका फोटोहरु :  

प्रधानमन्त्री निवास बालुवाटारमारहेको प्रमको सचिवालय
प्रधानमन्त्री निवास बालुवाटार काठमाडौँ
सिहदरबार काठमाडौँ

 

सर्वोच्च अदालत काठमाडौँ
सर्वोच्च अदालत काठमाडौँ
कमलपोखरी चोक काठमाडौँ

 

सिटिसेन्टर महल तथा सेनेमा घर , कमलपोखरी काठमाडौँ