काठमाडौं, बुढानिलकण्ठ ११ कपन पैयाटार स्थित ज्ञान प्रकाश एकेडेमीले आफ्नो ५ रोपनी क्षेत्रफल सहितको ३५ कोठे भवन आबश्यक परेमा कोरोना उपचारको लागि क्वारेन्टाइनको लागि उपलब्ध गराउने भएको छ।
राज्यलाई संकट पर्ने अबस्थामा हरेक संस्था तथा नागरिकको राज्य प्रतिको दायित्वलाई मनन गर्दै उक्त निर्णय गरिएको बिधालय ब्याबस्थापन समिति अध्यक्ष खेम मिश्रले बताएका छन् ।
हाल देशमा कोरोना माहामारीको रूपमा विकसित भैनसकेको भएपनी भबिस्यमा आइपर्ने सबै संकटका लागि तयारि अबश्थामा रहन खुला स्थानमा रहेका सबैखाले सामुदायिक एबम निजि बिधालय उपयुुक्त हुने देखिन्छ ।