• आकाश शर्मा

काेराेना भाइरसका कारण लकडाउन भएपछि अत्याधिक फुर्सदमा छन् देशवासी । लकडाउन ताेड्नदेखि लकडाउन नाममा हजार थरी सामाजिक सन्जालमा लेख्नेहरुकाे भीड लागेकाे छ । जनस्तरबाट लेखिने बिबिध कुरा पाच्य हाेला तर नेता, मेयरदेखि भिन्न भिन्न दलका कार्यकर्ताका छटपटाहट उदेकलाग्दाे देखिन थालेकाे छ । सामाजिक सन्जालमा लेखिने यस्ता बिबिध भाषाहरु हास्यास्पद र उदेकलाग्दाे देखिन्छ ।

काठमाडाैँकाे बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल आफैमा जनप्रशंसित प्रतिनिधि हैनन् । काेराेनाकाे भाइरसकाे विश्वव्यापी समस्याका प्रशङ्ग चलिरहँदा उनले आफ्नाे नगरमा कुनै सचेतनाका काम गरेनन् भनेर आलाेचना भयाे । लकडाउन हुनु एकदिन अघि उनले सर्वदलीय बेठक बाेलाएर झारा मेटेजस्ताे गरे पनि उनले कालाेबजारी तथा दैनिक उपभाेग्य खाद्य वस्तुकाे बारेमा नगरपालिकालाइ सकृय बनाउन सकेनन् । बुढानिलकण्ठकै कपनबाट प्रहरीले ३ लाख मास्क लुकाएकाे अबस्थामा भेटे पनि स्थानीय सरकारले त्यसअघि वा त्यसपछि केही काम गर्न सकेन ।

लकडाउनकाे एकदिन अघि भएकाे सर्वदलीय बैठक नै बुढानिलकण्ठ नगरपालिकाकाे एकमात्र देखिने काम बन्न पुग्याे । काेराेनाकाे बारेमा जताततै समस्या र समाधानका प्रशङ्ग चलिरहँदा यस नगरपालिकाले न क्वारेन्टाइनकाे बारेमा साेच्याे न आस्थायी आइसाेलेसन अस्पतालकाे बारेमा साेच्याे ।

लकडाउनकाे घाेषणापछि नगरपालिकाका मेयर उद्धव खरेलकाे सामाजिक सन्जाल चल्न थाल्याे । लकडाउनकाे पहिलाे दिन उनले लेखे “केहि हजार मास्क , पन्जा, PPE र Fevar गन को खोजिमा भौतारिदै हिड्दै छु। कोहि नेपाली ले सहयोग गर्न सक्छन ?” लकडाउन हुनु अघि मास्क तथा पन्जाकाे बारेमा उनले के गरे था छैन तर लकडाउनकाे दिन उनले भाैँतारिरहेकाे लेखे । उनकाे याे पाेस्टमा कमेन्ट गर्नेहरूले उनलाइ नै विचरा “नगर सरकार” भनेर मजाक गर्न भ्याए ।

लकडाउनकाे दाेस्राे दिन मेयरले अर्काे एक पाेस्ट गरे । “रमेश दहाल भन्ने मित्र ले स्यानिटाइजर सप्लाइ गर्ने बचन दिएर भर मात्र पार्नुभो ! फोन सम्पर्क नभएपछी पोस्ट गरे।” नगरपालिका प्रमुखकाे फेशबुक आइडिमा यस्ताे लेखिएपछि धेरैलाइ हाँसाे नै उठ्याे ।  मेयरकाे फेशबुकबाट नगरवासीले के चाहन्छन् हाेला त्यसका थुप्रै उत्तर आउला तर खरेलकाे याे स्टाटसले उनलाइ उनकै कार्यकर्ता तथा सन्तानले बचाउ गर्न पर्ने भएकाे छ । मेयर खरेललाइ बचाउन एक नगरस्तरी नेता प्रदिप डङ्गाेलले त  मेयर नगरवासीलाइ बचाउन भाैतारिरहेकाे भनेर दशवटा जति फाेटाे र कमेन्ट गर्न  पर्याे । एकजनाले मेयर खरेलकाे साे स्टाटसमा कमेन्ट गरे, नेपाल सरकारले दिन सक्दैन कुनै एक व्यक्ति कसरी देला ? मेयरजस्ताे पदकाे मान्छेले कुनै एक व्यक्तिले स्यानिटाइजर दिएन भन्दैमा फेशबुकमा लेख्न मिल्छ ?