बुढानिलकण्ठ नगरपालिका वडा नं ७ मा रहेकाे छहारी संस्थाले आफ्नाे भवन तथा आफूसँग रहेकाे बेडहरू क्वारेन्टाइनलाइ दिने भएकाे छ । लकडाउनकाे दाेस्राे दिन छहारीले नगरपालिका मेयरसहित वडाध्यक्षहरू बाेलाएर आफूसँग रहेकाे भवन तथा अन्य सामग्री दिने बताएकाे छ । एकल महिलासँग सम्बन्धित संस्था छहारीले आफ्नाे भवन तथा बेडहरू क्वारेन्टाइनका लागि दिने भएपछि मेयर उद्धव खरेललगायत केही वडाध्यक्षहरूले नगरपालिकाले क्वारेन्टाइनका लागि बेडसहित स्यानिटाइजरकाे व्यवस्था गरेकाे भनेर फेशबुकमा स्टाटस तथा फाेटाे हालेका छन् ।

छहारीले ५० वटा बेडसहित घर उपलब्ध गराउने भएसँगै नगरपालिकासँग काेराेनाका सम्भावित विरामीलाइ क्वारेन्टाइनमा राख्न सकिने भएकाे छ । नगरपालिकालाइ बुढानिलकण्ठका केही स्कूलले पनि भवन दिने सामाजिक सन्जालमा स्टाटस लेखेका छन् ।