काेराेना भाइरसका कारण तीनदेखि देश लकडाउनमा रहे पनि केही ठाउँ स्थानीयवासीले अवज्ञा गरिरहेका छन् । भाइरसलाइ सामान्य साेचेर गरिएकाे यस्ता अवज्ञा कति खतरा हुन्छ भन्ने कुराकाे हेक्का नराखी भएका यस्ता कृत्यले ठूलाे मूल्य चुकाउने सम्भावना भन्दै विराेध पनि भैरहेकाे छ ।

काठमाडाैँकाे बुढानिलकण्ठ नगरपालिकामा रहेकाे कपन क्षेत्रमा लकडाउनकाे अवज्ञा भएका फाेटाेहरू सामाजिक सन्जालमा लकडाउनकाे पहिलाे दिनदेखि नै देखिँदै आएकाे छ । कपन क्षेत्रका धेरैजसाे ठाउँमा बिहानदेखि बेलुकासम्म लकडाउनकाे अवज्ञा भैरहेका छन् । पुरूषहरू मात्र नभै महिलाहरू पनि घर बस्दाबस्दा दिक्क भयाे भनेर चाेकतिर बसेर गफ हाँकेर बसेकाे देखिनु कपनमा सामान्य दृष्य झैँ भएकाे छ । बुढानिलकण्ठ नगरभरीमै कपन कपनमा बढि लकडाउनकाे अवज्ञा भैरहेकाे बताइन्छ ।

सानाे गल्तिले आफूमात्र नभै सिङ्गाे समाज नै ध्वस्त हुन सक्ने थाहा पाइ पाइ पनि अवज्ञा गर्नेहरुमा समाजमा चिनिएका पात्रहरू, राजनीतिक दलका स्थानीय नेता एवम् कार्यकर्ता तप्का पनि देखिएकाे छ । नगरपालिका, वडा कार्यालय एवम् स्थानीय प्रहरी प्रशासनले लकडाउनकाे अवज्ञालाइ राेक्न पर्ने आवाज सामाजिक सन्जालबाट आए पनि चाेक, चियापसलमा बसेर काेराेनाकाे बारेमा बहस गर्ने क्रम यथावत चलिरहेकाे छ ।