बुढानिलकण्ठ नगरपालिकामा सबैभन्दा बढि जनघनत्व तथा अव्यवस्थित बस्ती भएकाे कपनमा लकडाउनले राम्ररी छुन सकेकाे छैन । लकडाउनकाे शुरू भएकाे पहिलाे दिनदेखि नै कपनमा प्रभाव न्यून रहेकाे छ । मानिसहरू चियापसल, भट्टीपसल तथा चाेकचाेकमा बसेर काेराेनाका बारे छलफलमा व्यस्त देखिएका थिए । एकअर्कालाइ धाप मारेर कुरा गर्नेदेखि चुराेटकाे धुँवा फुकेर हिँड्नेसम्मका दृष्य कपनमा सामान्य भन्दा सामान्य हाे । तरकारी बजार तथा पानी पँधेरामा त झन् सदाझैँ भीडभाड तथा मानिस कुरा गर्नमा व्यस्त देखिन्छन् ।

कपनकै कतिपयले सामाजिक सन्जालमार्फत घरमै बस्न गरेकाे अनुराेधलाइ पनि धेरैले वास्ता गरेकाे देखिएकाे छैन । कतिपय सामाजिक अगुवाले सामाजिक सन्जालमा स्टाटस लेखेर तथा समाचार सेयर गरेर कपनवासीलाइ घरमै बस्न् गरेकाे अनुराेधले काम गरेकाे देखिदैन । यसरी लकडाउनला नमान्नेहरुमा समाजमा चिनिएका पात्रहरू नेै धेरै देखिन्छन् । महिलाहरु घरमा बसेर पाकियाे कति बस्नु भन्दै बिहानै, दिउँसै र साँझ सडक तथा छिमेकीकाे घर चाहार्न पुगिरहेका देखिनु कपनकाे आम जीवन भैरहेकाे छ ।

बुढानिलकण्ठमा सबैभन्दा संवेदनशील ठाउँ भनेर चिनिएकाे कपनमा यसरी लकडाउनकाे अवज्ञा भैरहँदा स्थानीय सरकारअन्तर्गतकाे वडा कार्यालय तथा स्थानीय प्रहरी प्रभागकाे गतिबिधि शुन्य रहेकाे पाइएकाे छ । स्थानीय मिलनचाेकमा साँझ तरकारी बजारमा भीड लागिरहँदा नजिकैकाे प्रहरी प्रशासनले कुनै राेकथुन गरेकाे देखिएकाे छैन । स्थानीय सरकार तथा प्रहरी प्रशासनले कडा कदम नउठाए कपनले काेराना भाइरसकाे समस्यामा दुष्परिणाम निम्त्याउने सम्भावना बढेकाे छ । (फाेटाेः मुरारी भण्डारी, राजेन्द्र पाैडेल र विसुकुमार केसीकाे फेशबुकबाट)