सरस्विति नगर काठमाडौँ बाट लकडाउन उलंघन गर्ने यक्तिलाई अत्याधुनिक उपकरण प्रयोग गरि नियन्त्रणमा लिग्दै प्रहरी ।

काठमाडौँ : कोरोना भाइरसको सम्भावित संक्रमण फैलिन नदिन सरकारले जारी गरेको एक हप्ते लकडाउन उलंघन गर्ने  एक महिला सहित ४० जनालाई महानगरीय प्रहरी  प्रभाग कपनले पक्राउ गरेको छ।

सरस्वोती नगर बिमा संस्थान चोकबाट लकडाउन उलंघन गर्ने यक्तिलाई अत्याधुनिक उपकरण प्रयोग गरि नियन्त्रणमा लिग्दै प्रहरी ।

कपन, सरस्वोती नगर, बिमा संस्थान, साततले, कपन जोरधारा तथा  मिलनचोक क्षेत्र बाट लकडाउन उलंघन गर्नेहरु  पक्राउ गरेको थियो । चैत १८ गतेसम्मलाई सरकारले देशभर लक डाउन गरेको छ। तर लकडाउनको प्रवाह नगरी मानिसहरु सडकमा निस्किन थालेपछि प्रहरीले धरपकड थालेको हो। मानिसहरु रमिता हेर्न भन्दै सडकमा निस्किरहेका थिए । प्रहरीले आधुनिक डिभाइस द्वारा उनीहरुलाई पक्राउ गरेको थियो ।

कपन आदर्शन नगर बाट लकडाउन उलंघन गर्ने यक्तिलाई अत्याधुनिक उपकरण प्रयोग गरि नियन्त्रणमा लिग्दै प्रहरी ।

प्रहरीले केहीलाई सम्झाइरहेको छ। तर अटेरी गर्नेलाई हिरातमा लिएको हो। लकडाउनका क्रममा देशभर सडक र बजार बन्द छन्। सडकमा उत्रिएका प्रहरीको आँखा छलेर मानिसहरु सडकमा निस्किका थिए  ।

गोपी कृष्ण नगर काठमाडौँ बात लकडाउन उलंघन गर्ने यक्तिलाई अत्याधुनिक उपकरण प्रयोग गरि नियन्त्रणमा लिग्दै प्रहरी ।

के छ व्यवस्था सरकारले लकडाउन सफल बनाउन दुईवटा कानुनलाई सक्रिय बनाएको छ। सोमबार भएका निर्णयानुसार संक्रामक रोग ऐन, २०२० को दफा २ को उपदफा (२) बमोजिम जारी आदेशको कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन नेपाल राज्यका सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने निर्णय गरेको छ। त्यसका लागि स्थानीय प्रशासन ऐन, २०२८ को समेत आवश्यकता अनुसार प्रयोग गर्ने, ८. संक्रामक रोग ऐन, २०२० अन्तर्गत जारी आदेशको अपहेलना गर्ने वा काममा बाधा पुन्याउने व्यक्तिलाई सोही ऐन बमोजिम सजाय हुने व्यवस्था गरिएको छ।

कपन प्रहरी प्रभाग काठमाडौँ , जहाँ अहिले लकडाउन उलंघन गर्नेहरुलाइ रखिएको छ
कपन मिलनचोक तरकारी बजारमा सचेतना जगाउदै प्रहरी