बुढानिलकण्ठले नगरवासीका घर घरमा ग्यास, खाद्य सामग्री पु¥याउने

काठमाडौँ, ःबुढानिलकण्ठ नगरपालिकाले अत्यावश्यक सेवाका खाद्य सामग्री र ग्यास अभाव हुने नगरवासीका घरघरमा सवारीमार्फत सेवा पु¥याउने भएको छ ।

कोरोनाको सङ्क्रमणबाट बच्न सरकारले लक डाउन गरेको चौथो दिनसम्म नगरवासीले खाद्य सामग्री, ग्यासलगायत अत्यावश्यक चीजबीज नपाउँदा भान्सा नै बन्द गर्नुपर्ने भयो भन्दै फोनबाट गुनासो गरेपछि शनिबारदेखि नै नगरपालिकाले यो सेवा दिन लागेको नगरप्रमुख उद्धव प्रसाद खलेलले जानकारी दिए ।

“पाँच सातजनाको समूह बनाएर अभाव हुनेका घरमा आवश्यक सामान ढुवानीको व्यवस्था मिलाउन लागेका छौँ, उपभोक्ताले बजारकै भाउमा घरमै सामान पाउँछन्, ढुवानी खर्च नगरपालिकाले व्यहोर्छ, यसरी सामान ढुवानी गर्नेको फोन नं समेत सार्वजनिक गछौँ”, उनको भनाइ थियो ।

यसरी आउने सामानमा उपभोक्ताले अधिकतम् मूल्यभन्दा बढी तिर्नुनपर्ने जानकारी पनि प्रमुखले दिए । साता दिनका लागि घोषणा गरिएको लक डाउनको चौथो दिनसम्म राजधानीकै काठ क्षेत्रका अधिकांश पसल खुलेका छैनन् ।

बुढानीलकण्ठ प्रहरी प्रभागका निरीक्षक भुपेन्द्र गिरीले ग्यास, पानीलगायत सामग्री राखिएका पसल बन्द गराउने नीति सरकारको नरहेकाले कतै त्यस्तो भएको भए खुलाउन लगाउने बतए  ।

कोरोनाको सङ्क्रमणबाट बच्न शुरु गरिएको लक डाउनको मौका छोपी रु २० पर्ने नुनको प्याकेटको रु २५ लिएको, ग्यासको कालोबजारी भएको, अत्यावश्यक चिनी, तेल, जारको पानी जस्ता सामग्रीको भाउ बढाइएको, ग्यास राखेर नदिने गरिएको उपभोक्ताहरुको गुनासो छ ।